२०८३ भदौ २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन

विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन

फर्जी कागजात पेश गरेका केही विदेशी नागरिक चिकित्सकहरुको दर्ता प्रक्रिया स्थगन


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले नेपालमा कार्यरत विदेशी चिकित्सकबारे अनुसन्धान गर्न समिति गठन गरेको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले नेपालका मेडिकल/डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुमा कार्यरत विदेशी चिकित्सकहरुको दर्ता अवस्था, कार्यस्थिती तथा व्यवसायिक गतिविधिको आवश्यक अनुसन्धानका लागि समिति गठन गरिएको हो ।

मंगलबार काउन्सिलले जारी गरेको सूचनामा नेपालमा सञ्चालित केही मेडिकल/डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमार्फत विदेशी नागरिक चिकित्सकहरुको दर्ताका लागि पेश भएका कागजातहरुको आधिकारिकतामाथि गम्भीर शंका उत्पन्न भएपछि काउन्सिलले छानविन गरेको थियो । छानविनका क्रममा पेश गरिएका गुड स्ट्याण्डिङ सर्टिफिकेट फर्जी रहेको पाइएको थियो ।

काउन्सिलले कागजात फर्जी पुष्टि भएका केही विदेशी नागरिक चिकित्सकहरुको दर्ता प्रक्रिया स्थगन भएको जनाएको छ । त्यस्ता कागजातहरु पेश गर्ने मेडिकल/डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुलाई लिखित स्पष्टीकरण समेत माग गरिएको काउन्सिलका निमित्त रजिष्ट्रार डा. पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ