गृहपृष्ठ ∕ समाचार ∕ विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन फर्जी कागजात पेश गरेका केही विदेशी नागरिक चिकित्सकहरुको दर्ता प्रक्रिया स्थगन हेल्थ आवाज मंगलवार, २०८३ भदौ २ गते, १८:१६ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले नेपालमा कार्यरत विदेशी चिकित्सकबारे अनुसन्धान गर्न समिति गठन गरेको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले नेपालका मेडिकल/डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुमा कार्यरत विदेशी चिकित्सकहरुको दर्ता अवस्था, कार्यस्थिती तथा व्यवसायिक गतिविधिको आवश्यक अनुसन्धानका लागि समिति गठन गरिएको हो । मंगलबार काउन्सिलले जारी गरेको सूचनामा नेपालमा सञ्चालित केही मेडिकल/डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमार्फत विदेशी नागरिक चिकित्सकहरुको दर्ताका लागि पेश भएका कागजातहरुको आधिकारिकतामाथि गम्भीर शंका उत्पन्न भएपछि काउन्सिलले छानविन गरेको थियो । छानविनका क्रममा पेश गरिएका गुड स्ट्याण्डिङ सर्टिफिकेट फर्जी रहेको पाइएको थियो । काउन्सिलले कागजात फर्जी पुष्टि भएका केही विदेशी नागरिक चिकित्सकहरुको दर्ता प्रक्रिया स्थगन भएको जनाएको छ । त्यस्ता कागजातहरु पेश गर्ने मेडिकल/डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुलाई लिखित स्पष्टीकरण समेत माग गरिएको काउन्सिलका निमित्त रजिष्ट्रार डा. पाण्डेले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा कसरी गर्ने छालाको हेरचाह ? अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा कसरी गर्ने छालाको हेरचाह ? अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड