२०८३ भदौ १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान

तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान

स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाका दुई वटा एमआई—१७ हेलिकप्टर घटनास्थलतर्फ


काठमाडौं—चीन स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशीमा भिषण बाढी आएको छ । बुधबार विहानै आएको बाढीका कारण रसुवामा ठूलो क्षति भएको अनुमान गरिएको छ ।

बाढी रसुवाका तटीय क्षेत्रका बस्तीहरुमा ठूलो क्षति भएको देखिएको छ । सामाजिक सञ्जालमा देखिएका फुटेजहरुमा बाढी नदी किनारका वस्तीहरु बगाएको छ । स्याफ्रू, टिमुरे, बेत्रावतीलगायतका बजारमा ठूलो क्षति भएको बताइको छ ।

रसुवाबाहेक नुवाकोट, धादिङ, गोरखा र चितवन मुग्लिनसम्म बाढीले प्रभाव पार्ने अनुमान गरिएको छ ।

अहिले स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाका दुई वटा एमआई—१७ हेलिकप्टर रसुवा उडेका छन् भने सबै निजी हेलिकप्टर कम्पनीका हेलिकप्टरहरु स्ट्याण्डबाई राख्न सरकारले निर्देशन दिएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन् ।

तटीय क्षेत्रमा रहेका केही प्रहरी र सशस्त्र प्रहरीहरुसँग सम्पर्क हुन नसकेका विवरणहरु आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ