काठमाडौं—नेपाल मेडिकल काउन्सिलले भोटेकोशी बाढी पीडितको स्वास्थ्य उपचार सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । बुधबार काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठले नागरिकको उद्धार, प्राथमिक उपचार र आकस्मिक उपचार खट्न आग्रह गरेका हुन् ।
‘बाढी तथा पहिलोबाट प्रभावित नागरिकहरुको उद्धार, प्राथमिक उपचार, आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवामा चिकित्सकीय एवं मानवीय दायित्वका साथ सक्रिय रुपमा सहभागी हुन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा हार्दिक आव्हान गर्दछौं,’ डा. श्रेष्ठले भनेका छन् ।
काउन्सिलले विपद्का कारण उत्पन्न हुन सक्ने अल्पकालीन र दीर्घकालीन स्वास्थ्य जोखिमहरु घाइते तथा विस्थापित नागरिकहरुको उपचार, सरसफाइ तथा सुरक्षित खानेपानीको अभाव, संक्रामक रोगको सम्भावित प्रकोप, मानसिक स्वास्थ्यमा पर्न सक्ने असर तथा अन्य स्वास्थ्य चुनौतीहरुको समयमै आँकलन गरी रोथथाम तथा उपचारात्मक उपायहरु अपनाउन पनि आग्रह गरेको छ ।
