२०८३ भदौ ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा


काठमाडौं—प्रधानमन्त्री बालेन्द्र शाह बाढीग्रस्त क्षेत्रमा निरीक्षणमा निस्किएका छन् । बिहीबार विहान ९ः३० बजे प्रधानमन्त्री सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि बाढीग्रस्त क्षेत्रको अनुगमनमा निस्किएका छन् । बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भएपनि समय सीमाका कारण प्रधानमन्त्रीले बिहीबार मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग तत्काल राहत, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ।

बुधबार विहान रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ । प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ