२०८३ भदौ १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त


काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले रेक्टरमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्र कुमार लिम्बुलाई नियुक्त गरेका हुन् ।

मंगलबार नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्त भएसँगै प्रतिष्ठानका पदाधिकारी नियुक्तिले पूर्णता पाएको छ । यसअघि उपकुलपतिबाहेक अन्य पदाधिकारी नहुँदा प्रतिष्ठानको काम—कारवाहीमा प्रभावित हुँदै आएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ