२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त


काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले रेक्टरमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्र कुमार लिम्बुलाई नियुक्त गरेका हुन् ।

मंगलबार नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्त भएसँगै प्रतिष्ठानका पदाधिकारी नियुक्तिले पूर्णता पाएको छ । यसअघि उपकुलपतिबाहेक अन्य पदाधिकारी नहुँदा प्रतिष्ठानको काम—कारवाहीमा प्रभावित हुँदै आएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ