काठमाडौं—सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले १० जना नर्सिङ अधिकृत र ९० जना नर्ससहित १५१ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । शुक्रबार विश्वविद्यालय एक सूचना प्रकाशित गर्दै १० जना नर्सिङ अधिकृत र ९० जना नर्ससहित १५१ जनाको करार सेवाका लागि आवेदन माग गरेको हो ।
जसमा १० जना नर्सिङ अधिकृत र ९० जना स्टाफ नर्स रहेका छन् । यस्तै, १० जना मेडिकल अधिकृत र ४ जना डेन्टल सर्जनका माग गरिएको छ ।
विश्वविद्यालयले १ जना बायोमेडिकल इन्जिनियर, १ जना रेडियोग्राफी अधिकृत, २ जना फार्मेसी अधिकृत, २ जना फिजियोथेरापी अधिकृत र ३ जना ल्याब टेक्नोलोजिष्ट माग गरेको छ ।
यस्तै, ल्याब टेक्नीसियन १० जना, रेडियोग्राफर ६ जना, फिजियोथेरापी सहायक २ जना र फार्मेसी सहायक १० जना माग गरेको छ ।
