२०८३ मंसिर ९, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ रोटरी क्लब अफ काठमाडौंद्वारा वीरको युरोलोजी विभागलाई ५० लाख बराबरको सामाग्री प्रदान

रोटरी क्लब अफ काठमाडौंद्वारा वीरको युरोलोजी विभागलाई ५० लाख बराबरको सामाग्री प्रदान


काठमाडौं—रोटरी क्लब अफ काठमाडौंले वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाख रुपैयाँ बराबरको सर्जिकल सामाग्री प्रदान गरेको छ । बुधबार एक कार्यक्रममाझ रोटरी क्लब अफ काठमाडौंले फेलिक्सबल युरोटेरोस्कोप, नेफ्रोस्कोप, युरेटेरोरिनोस्कोप, टियुआर रिसेक्टोस्कोप, सिस्टोस्कोपलगायतका सामाग्री उपलब्ध गराएको हो ।

सो अवसरमा रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष प्रा.डा. पुष्पराज शर्मा, आशिष जजोडिया, वीर अस्पतालका निर्देशक डा. विकास नेपाल, निवर्तमान निर्देशक प्रा.डा. दिलिप शर्मा र युरोलोजी विभागका प्रमुख प्रा.डा. रविन बहादुर बस्नेतलगायतका उपस्थित थिए ।

समारोहमा युरोलोजी विभागका प्रमुख प्रा.डा. बस्नेतले रोटरीले मानव सेवाका निम्ति प्रदान गरेका सामानहरुले देशभरका बिरामीलाई सस्तोमा सेवा दिन सकिने बताए ।

वीरका निर्देशक डा. नेपाल र निवर्तमान निर्देशक प्रा.डा. शर्माले सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै रोटरी र वीर अस्पतालको सहकार्यको निरन्तरतामा जोड दिए ।

रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष प्रा.डा. शर्माले नेपालको सबैभन्दा जेठो अस्पतालमार्फत बिरामीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

वीरको युरोलोजी विभागमा दैनिक ३०० देखि ३५० जना बिरामीले ओपीडी सेवा लिन्छन् भने महिनामा २५० वटा शल्यक्रिया हुने गरेको प्रा.डा. बस्नेतले जानकारी दिए । वि.सं. २०८१ सालमा वीरको युरोलोजी विभागले उत्कृष्ट विभागका रुपमा पुरस्कार समेत पाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ