गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचन बरिष्ठ हाडजोर्नी विशेषज्ञ | राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं बिहीबार, २०७६ पुस २४ गते, १०:१६ मा प्रकाशित अन्य समयको तुलनामा विशेष गरी जाडो याममा आर्थर्राइटिस—हाड जोर्नीको समस्या बढी मात्रामा देखा पर्दछ । यो समस्या विशेष गरी वृद्ध अवस्था, चोट—पटक, वाथ रोग तथा अन्य रोगको कारणले जोर्नी खिइन गै देखा पर्ने गर्दछ । यस्ता रोगहरूबाट पहिले नै ग्रसित भएका व्यक्तिहरूमा जाडोयाम तथा चिसोको समयमा अन्य समयको तुलनामा बढी नै दुखाइ हुने गर्दछ । जाडोयाममा दुखाइको कारणले अस्पताल आउने वृद्ध बिरामीको संख्या ५० प्रतिशतले बढ्ने गरेको देखिन्छ । यस अर्थमा भन्नु पर्दा यस्ता समस्या व्यक्तिमा चिसोको कारणले नलाग्ने भएतापनि चिसोकै कारणले दुखाइ बढ्ने देखिन्छ । कारण गर्मी याममा पनि व्यक्तिमा दुखाइ हुन्छ । तर, जाडोमा किन बढी दुखाइ हुन्छ त? यो सबैको जिज्ञासाको विषय पनि हुन सक्दछ । गर्मी यामको तुलनामा जाडो याममा चिसोको कारण हाम्रो दुखाइ महसुस गर्ने स्नायुहरू बढी सक्रिय तथा संवेदनशील हुने गर्दछ । जाडो याममा वायुमण्डलीय दबाव कम हुनुको कारणले जोर्नी तथा मांसपेशीमा सहजै सुजन हुने गर्दछ । जसले गर्दा दुखाइ पनि सहजै हुन जान्छ । जाडो याममा मांसपेशी तथा जोर्नीहरूमा ऐठन बढी मात्रामा हुने हुनाले पनि दुखाइमा वृद्धि हुन्छ । चिसोको कारणले हातगोडाहरूमा तुलनात्मक रूपमा रक्त सञ्चारमा कमी हुनाले समेत दुखाइ बढ्ने गर्दछ । जाडो याममा दिन छोटो र रात लामो भई सुर्यको किरण पर्ने समय नै छोटिदा शरीरमा भिटामिन—डी को कमी हुँदा पनि हाड जोर्नीको दुखाइ बढ्ने गर्छ । रोकथाम तथा बच्ने उपाय यस्ता समस्याहरू देखा नपरोस भन्नका लागि निम्न उपायहरू अपनाउन सकिन्छ : शरीर न्यानो हुने कपडा लगाउने । विशेष गरी हातखुट्टा छोप्ने लुगा लगाउने । तातो तथा झोलिलो खाना प्रशस्त मात्रामा खाने । शारीरिक रूपमा सक्रिय रहने । शारीरिक व्यायामलाई प्राथमिकता दिने । विशेषगरी घर भित्रै गर्न सकिने व्यायाम गर्ने । विद्युतीय हिटर, तातो पानी आदिले सावधानीपूर्वक दुखाइको भाग सेक्ने । पारिलो घाममा बस्ने । भिटामिन—डी तथा ओमेगा—३ भएका पोषिलो खाने कुरा उचित मात्रामा खाने । माथिल्लो उपायहरूले पनि दुखाइ कम नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्ने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने