गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचन बरिष्ठ हाडजोर्नी विशेषज्ञ | राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं बिहीबार, २०७६ पुस २४ गते, १०:१६ मा प्रकाशित अन्य समयको तुलनामा विशेष गरी जाडो याममा आर्थर्राइटिस—हाड जोर्नीको समस्या बढी मात्रामा देखा पर्दछ । यो समस्या विशेष गरी वृद्ध अवस्था, चोट—पटक, वाथ रोग तथा अन्य रोगको कारणले जोर्नी खिइन गै देखा पर्ने गर्दछ । यस्ता रोगहरूबाट पहिले नै ग्रसित भएका व्यक्तिहरूमा जाडोयाम तथा चिसोको समयमा अन्य समयको तुलनामा बढी नै दुखाइ हुने गर्दछ । जाडोयाममा दुखाइको कारणले अस्पताल आउने वृद्ध बिरामीको संख्या ५० प्रतिशतले बढ्ने गरेको देखिन्छ । यस अर्थमा भन्नु पर्दा यस्ता समस्या व्यक्तिमा चिसोको कारणले नलाग्ने भएतापनि चिसोकै कारणले दुखाइ बढ्ने देखिन्छ । कारण गर्मी याममा पनि व्यक्तिमा दुखाइ हुन्छ । तर, जाडोमा किन बढी दुखाइ हुन्छ त? यो सबैको जिज्ञासाको विषय पनि हुन सक्दछ । गर्मी यामको तुलनामा जाडो याममा चिसोको कारण हाम्रो दुखाइ महसुस गर्ने स्नायुहरू बढी सक्रिय तथा संवेदनशील हुने गर्दछ । जाडो याममा वायुमण्डलीय दबाव कम हुनुको कारणले जोर्नी तथा मांसपेशीमा सहजै सुजन हुने गर्दछ । जसले गर्दा दुखाइ पनि सहजै हुन जान्छ । जाडो याममा मांसपेशी तथा जोर्नीहरूमा ऐठन बढी मात्रामा हुने हुनाले पनि दुखाइमा वृद्धि हुन्छ । चिसोको कारणले हातगोडाहरूमा तुलनात्मक रूपमा रक्त सञ्चारमा कमी हुनाले समेत दुखाइ बढ्ने गर्दछ । जाडो याममा दिन छोटो र रात लामो भई सुर्यको किरण पर्ने समय नै छोटिदा शरीरमा भिटामिन—डी को कमी हुँदा पनि हाड जोर्नीको दुखाइ बढ्ने गर्छ । रोकथाम तथा बच्ने उपाय यस्ता समस्याहरू देखा नपरोस भन्नका लागि निम्न उपायहरू अपनाउन सकिन्छ : शरीर न्यानो हुने कपडा लगाउने । विशेष गरी हातखुट्टा छोप्ने लुगा लगाउने । तातो तथा झोलिलो खाना प्रशस्त मात्रामा खाने । शारीरिक रूपमा सक्रिय रहने । शारीरिक व्यायामलाई प्राथमिकता दिने । विशेषगरी घर भित्रै गर्न सकिने व्यायाम गर्ने । विद्युतीय हिटर, तातो पानी आदिले सावधानीपूर्वक दुखाइको भाग सेक्ने । पारिलो घाममा बस्ने । भिटामिन—डी तथा ओमेगा—३ भएका पोषिलो खाने कुरा उचित मात्रामा खाने । माथिल्लो उपायहरूले पनि दुखाइ कम नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्ने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी… क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति डा. सुभद्रा भण्डारीको सल्लाहः हैजा के हो ? यसबाट कसरी… के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम… डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ? प्लाष्टिक सर्जरी के हो ? यो किन गरिन्छ ? धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स