गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल पदमराज भट्ट बुधबार, २०७६ माघ ८ गते, १८:३१ मा प्रकाशित धनगढी—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार कैलालस्थित गेटा मेडिकल कलेजको निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा मन्त्री ढकालले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिने बताए । ‘मेडिकल कलेजलाई छिट्टै विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्न सकिन्छ’, उनले भने । उनले यो मेडिकल कलेज निर्माणमा यस प्रदेशवासीदेखि निर्माणको काम गर्ने कामदार सबैको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सबैलाई धन्यवादसमेत दिए । उद्योगमन्त्री भट्टले यसअघि स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्ताव अगाडि बढन नसकेका कारण समिति गठन गरेर मेडिकल कलेजको रुपमा निर्माण कार्य सुरु गरिएको बताए । उनले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि पहल गर्न मन्त्री ढकाललाई आग्रह गरेका छन् । मेडिकल कलेज अनुगमनका क्रममा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउँदले हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको जानकारी गराए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ जुम्लाको जनस्वास्थ्य सुधारात्मक ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अस्पतालको ढोकामा जन्मिएको बच्चा