२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटवात्सल्य ५ औं वर्षमा, भदौं मसान्तसम्म निःशुल्क ओपीडी सेवा प्रदान गर्ने

वात्सल्य ५ औं वर्षमा, भदौं मसान्तसम्म निःशुल्क ओपीडी सेवा प्रदान गर्ने


काठमाडौं—वात्सल्य नेचुरल आईभीएफ पाँचौ वर्षमा प्रवेश गरेको छ । सोमबार वात्सल्य सञ्चालनमा आएको पाँच वर्ष पुगेको हो ।

यसै अवसरमा वात्यल्यले भदौं मसान्तसम्म प्रजनन जाँचका लागि आउने दम्पतिका लागि निःशुल्क वाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने भएको छ ।

लामो समयदेखि सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पत्तिका लागि यो निःशुल्क योजनाले आधुनिक प्रजनन सेवा सम्बन्धि बुझ्न र सन्तान प्राप्तिको सम्भावना पहिल्याउन मद्धत पु¥याउने विश्वास वात्सल्यले लिएको छ ।

प्रजनन् उपचारमा अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा नेपालमै प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वात्सल्यले निरन्तर उच्च आइभिएफ सफलता दर हासिल गर्दै आएको छ । हालसम्म वात्सल्यमा करिब तीन हजार दम्पतिले आइभिएफ्, आईयुआई तथा अन्य उपचार विधिबाट सफलतापूर्वक सन्तान प्राप्त गर्न सफल भएका जनाएको छ ।

‘६०–७० प्रतिशत औसत सफलता दर हासिल गर्दै आएको यस क्लिनिकले गत जुलाईमा ७१ प्रतिशतको सर्वाधिक आइभिएफ सफलता दर प्राप्त ग¥यो,’ वात्सल्यले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यो विश्वव्यापी मापदण्ड (३०–४० प्रतिशत) भन्दा धेरै माथि हो ।’

आइभिएफमार्फत् सन्तान प्राप्तिको सम्भावना उच्च रहेको भएपनि समाजमा प्रजनन् स्वास्थ्य सम्बन्धि खुलेर कुरा गर्ने परिपाटी नभएको कारण मानिसहरु आधुनिक गर्भधारणका सम्भावना सम्बन्धि अनभिज्ञ रहेको वात्सल्यले जनाएको छ । त्यसका लागि उसले सामाजिक संजालमार्फत् निरन्तर रुपमा जानकारीमूलक सामग्री राख्दै पस्कदैं आएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ