२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटतीजको विदामा पनि नर्भिकको ओपिडी खुल्ने

तीजको विदामा पनि नर्भिकको ओपिडी खुल्ने


काठमाडौं – थापाथलीस्थित नर्भिक अस्पतालले तीजको विदाको दिन पनि ओपिडी सेवालाई सुचारु गर्ने भएको छ । अस्पतालले तीजको विदाको दिन समेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो ।

प्राय अस्पतालहरुमा सार्वजनिक विदाको दिन ओपिडी सेवा संचालन गरेको पाइदैन  । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार तीज सार्वजनिक विदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टहरुले ओपिडी सेवा दिनेछन् ।

कार्डियोलोजीतर्फ डा. जेपी जैसवाल, अर्थोपेडिकतर्फ डा. सगुन जोशी, छातिरोग विशेषज्ञ डा. रमेश चोखानी, साइकाट्रिस्ट डा. यादव विष्ट, कार्डियोतर्फ नै डा. शैलेन्द्र कुश्वाहा, यूरोलोजिस्ट डा.सुनिल श्रेष्ठ, बालरोग विशेषज्ञ डा. अञ्जली बगेडिया, ग्यास्ट्रोलोजिस्ट डा.शशी, नाक, कान घाटी विशेषज्ञ डा. किरण राज र गाइनोकोलोजिस्ट डा. नूतन शर्माले ओपिडी सेवा दिनेछन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ