२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको नि:शुल्क ओपिडी

नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको नि:शुल्क ओपिडी


काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरर्गत आउने शनिवार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ ।

नर्भिक अस्पतालमा रहेको यूरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपिडी संचालन गर्ने भएको हो ।

यूरोलोजिष्टको पूरा टिम नै सहभागी भइ निःशुल्क ओपिडी सेवा संचालन गरिने अस्पतालले जनाएको छ । यो टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ ।

यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाति तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यले निःशुल्क ओपिडी संचालन गर्नेछन् । छाति तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपिडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् ।

नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई नि:शुल्क ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ