२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेशनल प्याथ ल्याब र शाइन रेसुंगाबीच सम्झौता

नेशनल प्याथ ल्याब र शाइन रेसुंगाबीच सम्झौता


रुपन्देही—बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैक लि. र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लि. बुटवलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैक लि.का नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ र ल्याबका अध्यक्ष रुद्र कार्कीले हस्ताक्षर गरेका छन् ।

नेशनल प्याथ ल्याब नेपाल सरकारबाट ‘क’ वर्गको मान्यताप्राप्त अत्याधुनिक र सुविधासम्पन्न ल्याब (प्रयोगशाला) हो । यहाँ ट्युमर, क्यान्सर, हर्मोेन, मुटु, मिर्गाैला, कलेजो, बाँझोपन, हाडर्जोनी, पूरा शरीरको चेकअपलगायत करिब आठ सय प्रकारका जाँच हुने ल्याबका सञ्चालक शरद भुसालले जानकारी दिए । ल्याबसम्म आउन नसक्ने बिरामीको घरमै पुगेर परीक्षण गर्ने सुविधासमेत रहेको उनले बताए ।

यो सम्झौतापछि शाइन रेसुंगा बैंकका देशभरका जुनसुकै स्थानका ७० वटा शाखा कार्यालयका चार लाख भन्दा बढी खातावाल ग्राहकले १५ प्रतिशत छुट सुविधाबाट लाभान्वित हुनेछन् । उक्त ल्याबका बुटवल, भैरहवा, तम्घास, सन्धिखर्क, घोराही र धनगढी गरी ६ वटा शाखाबाटै बैंकका ग्राहकले यो छुट सुविधा लिन सक्नेछन् ।

क्षेत्रीयस्तरबाट राष्ट्रियस्तरमा स्तरोन्नती भएसँगै बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा बढीभन्दा बढी सुविधा दिने नीतिअनुसार यसअघि बाँकेको नेपालगञ्ज मेडिकल कलेज र बुटवलको सिद्धबाबा सुपरस्पेसलिस्ट हस्पिटल एण्ड रिसर्च सेन्टरसँग पनि सम्झौता गरेको छ । दुई अर्ब चुक्ता पूँजी रहेको बैंकको पुस मसान्तसम्म निक्षेप २७ अर्ब १२ करोड तथा कर्जा लगानी २४ अर्ब ३२ करोड रहेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ