२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठएक्सक्लुसिभसाढे ६ लाख बराबरको स्वास्थ्य सामाग्री

साढे ६ लाख बराबरको स्वास्थ्य सामाग्री


जुम्ला—कोभिड–१९ को तेस्रो लहर सुरु भइरहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई साढे ६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोभिड–१९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

एन नाइन्टी फाइभ मास्क १५० पिस, सर्जिकल मास्क २ हजार पिस, हयाण्ट सेनिटाइजर ५०० एमएल, फेस शिल्ड २ सय पिस, ग्लोब्स २ हजार पिस, पुनः प्रयोग गर्न मिल्ने गाउन १ सय पिस, फुल पीपीई सेट १ सय, आइआर थर्ममिटर ५, स्प्रे ट्यांक १, हेण्डबास लिक्वीड २०, हाइजिन किड १०, डिग्नीटी किड ५, र प्यासेन्ट बेड सिट १० पिस, पोचिलोराइट डिसिन्फेक्टेन्ट सोलुसन २० ग्यालेनलगायतका स्वास्थ्य सामाग्री पेस नेपाल जुम्लाले जनाएको छ ।

पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ लाख ४८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए । उनले भने, ‘कोभिड १९ महामारीका रुपमा अघि बढेको छ । यसको नियन्त्रण र रोकथाम अहिलेको अपरिहार्य आवश्यकता हो । कोभिड–१९ प्रतिकार्यका लागि अस्पताललाई सामाग्री प्रदान गरिएको छ ।’

पेस नेपालका सचिव मानबहादुर रोकायाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक राजीवविक्रम शाहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । उनले स्वास्थ्य सामाग्रीको सही सदुपयोग गरी कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए ।

अस्पताल निर्देशक शाहले कोभिड संकट समाधानका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीको भरपुर प्रयोग गर्ने बताए । उनले भने, ‘संकटका बेला गरिएको यो सहयोग निकै प्रसंशनीय छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको छ ।’ यसअघि पनि अक्सिजन सिलिण्डरसहितको लाखौंको स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।


क्याटेगोरी : एक्सक्लुसिभ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ