२०८३ साउन ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठएक्सक्लुसिभएमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने

एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने


काठमाडौं—बसुन्धारास्थित एमएन हस्पिटलले साउन महिनाभर महिलाहरुलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने भएको छ । अस्पतालकाअनुसार साउनभर विशेष अफरअन्तर्गत स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट महिलाहरुलाई निःशुल्क ओपीडी सेवा उपलब्ध गराउँदैंछ ।

‘हामीले साउन १ गतेदेखि नै महिलाहरुलाई स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट निःशुल्क ओपीडी सेवा उपलब्ध गराउँदैं आएका छौं,’ अस्पतालका निर्देशकले भने, ‘स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योति न्यौपाने लिम्बुले निःशुल्क ओपीडी सेवा दिनुहुनेछ ।’

अस्पतालले सोमबार र शुक्रबार विहान ११ देखि १२:३० बजेसम्म उक्त निःशुल्क ओपीडी सेवा उपलब्ध गराउनेछ । अस्पतालकाअनुसार डा. लिम्बुले सिफारिस गरेका बिरामीको परीक्षणमा २० प्रतिशत छुट सुविधा पनि दिइनेछ ।

एमएन अस्पतालले अनुभवी विशेषज्ञ चिकित्सकहरुबाट जनरल फिजिसियन, जनरल सर्जरी, हाडजोर्नी, प्रसूति तथा स्त्री रोग, बाल रोग, ईएनटी, मिर्गौला तथा मुत्र रोग, मुटु रोग, छाती रोग, मानसिक रोग, बाथ रोग, हेमाटोलोजी, इन्डोक्राइनोलोजी, फिजियोथेरापी, दन्त रोग र आँखा रोग जाँच सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : एक्सक्लुसिभ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ