२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठएक्सक्लुसिभकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ हजार बढी महिलाले प्रसुति सेवा लिए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ हजार बढी महिलाले प्रसुति सेवा लिए


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सेवामध्ये एक प्रसुति सेवा हो । यो प्रसुति सेवाले विशेषगरी जुम्ला, मुगु र कालिकोटको मातृ र नवजात शिशु दुवैको ज्यान सुरक्षित हुने गरेको छ ।

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार वि.सं. ०७१ सालमा सेवा सुरु गरेपछि चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले प्रसूति सेवा लिएका छन् ।

यस्तै, ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरंग सेवा लिएका छन् । ३२ हजार ७ सय ४० जनाले अन्तरंग सेवा (भर्ना भएर उपचार गराउने) लिएका छन् । ४८ हजार ३ सय बिरामीले आकस्मिक सेवा दिएका छन् ।

मेजर अपरेसन ४ हजार ३ सय ८५ वटा गरिएको छ । सुरुका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीले सेवा लिने गरेकामा विस्तारै मुगु, कालिकोट, बाजुरालगायत जिल्लाका बिरामी यहाँ उपचार सेवा लिँदै आएका छन् ।


क्याटेगोरी : एक्सक्लुसिभ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ