गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय फडिन्द्र अकिञ्चन शुक्रबार, २०७७ असार १२ गते, १३:४२ मा प्रकाशित पोखरा – कोरोना कहरका बेला पोखराको मणिपाल शिक्षण अस्पतालले टिकट शुल्कसहित अन्य सेवाको मूल्य बढाएको छ । यसअघि ओपीडि सेवा लिदा लिदइने गरेको १ सय रुपैयाँ लाइ अहिले ओपिडी र इमर्जेन्सी दुवै शुल्क एकैठाँउ जोडेर ६ सय बनाइएको छ । कोरोना महामारी अघि सामान्य शल्यक्रिया शुल्क २ हजार १ सय लिइदै आएकोमा ३ हजार ४ सय ९५ बनाइएको छ । सिटी स्क्यान, इको लगायतका जाँचको समेत शुल्क बढेको छ । कोरोनाका कारण बिरामी घटेपछि अस्पताल खर्च धान्न सामान्य मूल्यवृद्धि गर्नुपरेको अस्पतालको भनाइ छ । अहिले नोक्सान बढेपछि केही शीर्षकमा मूल्य बढाएर अस्पतालको खर्च धान्नुपरेको अस्पतालका मानव संशाधन प्रमुख भानु भारध्वाजले बताए । उनले अझै पनि मणिपालको सेवा सरकारी अस्पतालको भन्दा सस्तो भएको दाबी गरे । दैनिक १ हजारभन्दा बढीले सेवा लिने मणिपालमा अहिले करिब २० प्रतिशतमात्र बिरामी आएको अस्पतालका अधिकारीहरुको दाबी छ । दैनिक २ सय हाराहारी बिरामी आउँदा खर्च धान्न निकै कठिन भएपछि केही जाँचमा मूल्य थोरै बढाएको भारद्वाजको भनाइ छ । यसरी भएको मूल्यवृद्धिले सेवाग्राही भने मर्कामा परेका छन् । पोखरा १० बाट मणिपाल पुगेका रोशन गुरुङले महामारीमा अस्पतालहरुले समेत ढाड सेक्न खोजेको गुनासो गरे । उनले भने, पुराना डाक्टरले जाच्दा रहेनछन्, पढ्दै गरेका विद्यार्थीले जाँच्ने, शुल्कचाहिँ यति महंगो कसरी हुन्छ ?’ उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला अहिलेको महामारी, आर्थिक मन्दीको अवस्थामा अस्पतालले गरेको मूल्यवृद्धि अस्वभाविक र आपत्तिजनक भएको बताउँछन् । उनले भने, ‘सबैले कही न कही राहत दिनुपर्ने समयमा अस्पतालले सामाजिक उत्तरदायित्व त वहन गरेन नै उपभोक्ताको ढाड सेक्यो ।’ क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #कोरोना, #पोखरा, #मनिपाल शिक्षण अस्पताल, #महामारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… धेरै पढिएका १ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी २ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ३ ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण हुन सकेन’ ४ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ५ स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री ६ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ७ स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ डा. प्रियंका त्रिपाठीः किन संवेदनशील मानिन्छ महिनावारी रोकिनुलाई अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी स्वाकन इन्टरनेशनल हस्पिटलका संस्थापक निर्देशक रिमाल पक्राउ डा. प्रियंका त्रिपाठीः किन संवेदनशील मानिन्छ महिनावारी रोकिनुलाई