गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय फडिन्द्र अकिञ्चन शुक्रबार, २०७७ असार १२ गते, १३:४२ मा प्रकाशित पोखरा – कोरोना कहरका बेला पोखराको मणिपाल शिक्षण अस्पतालले टिकट शुल्कसहित अन्य सेवाको मूल्य बढाएको छ । यसअघि ओपीडि सेवा लिदा लिदइने गरेको १ सय रुपैयाँ लाइ अहिले ओपिडी र इमर्जेन्सी दुवै शुल्क एकैठाँउ जोडेर ६ सय बनाइएको छ । कोरोना महामारी अघि सामान्य शल्यक्रिया शुल्क २ हजार १ सय लिइदै आएकोमा ३ हजार ४ सय ९५ बनाइएको छ । सिटी स्क्यान, इको लगायतका जाँचको समेत शुल्क बढेको छ । कोरोनाका कारण बिरामी घटेपछि अस्पताल खर्च धान्न सामान्य मूल्यवृद्धि गर्नुपरेको अस्पतालको भनाइ छ । अहिले नोक्सान बढेपछि केही शीर्षकमा मूल्य बढाएर अस्पतालको खर्च धान्नुपरेको अस्पतालका मानव संशाधन प्रमुख भानु भारध्वाजले बताए । उनले अझै पनि मणिपालको सेवा सरकारी अस्पतालको भन्दा सस्तो भएको दाबी गरे । दैनिक १ हजारभन्दा बढीले सेवा लिने मणिपालमा अहिले करिब २० प्रतिशतमात्र बिरामी आएको अस्पतालका अधिकारीहरुको दाबी छ । दैनिक २ सय हाराहारी बिरामी आउँदा खर्च धान्न निकै कठिन भएपछि केही जाँचमा मूल्य थोरै बढाएको भारद्वाजको भनाइ छ । यसरी भएको मूल्यवृद्धिले सेवाग्राही भने मर्कामा परेका छन् । पोखरा १० बाट मणिपाल पुगेका रोशन गुरुङले महामारीमा अस्पतालहरुले समेत ढाड सेक्न खोजेको गुनासो गरे । उनले भने, पुराना डाक्टरले जाच्दा रहेनछन्, पढ्दै गरेका विद्यार्थीले जाँच्ने, शुल्कचाहिँ यति महंगो कसरी हुन्छ ?’ उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला अहिलेको महामारी, आर्थिक मन्दीको अवस्थामा अस्पतालले गरेको मूल्यवृद्धि अस्वभाविक र आपत्तिजनक भएको बताउँछन् । उनले भने, ‘सबैले कही न कही राहत दिनुपर्ने समयमा अस्पतालले सामाजिक उत्तरदायित्व त वहन गरेन नै उपभोक्ताको ढाड सेक्यो ।’ क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #कोरोना, #पोखरा, #मनिपाल शिक्षण अस्पताल, #महामारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर… प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ साइड इफेक्ट ४ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ५ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो ६ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) ७ सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट Kalpana Craft ट्रेण्डिङ सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल