२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा लक्ष्यभन्दा ९.५ प्रतिशत बढीले लगाए खोप

गण्डकी प्रदेशमा लक्ष्यभन्दा ९.५ प्रतिशत बढीले लगाए खोप


पोखरा—कोरोनाविरुद्धको खोप अभियानको दोस्रो चरणमा गण्डकी प्रदेशले लक्ष्यभन्दा ९.५ प्रतिशत बढीलाई खोप लगाउन सफल भएको छ । गण्डकी प्रदेशको लक्ष्य २५ हजार ८ सय ६४ जनालाई खोप लगाउने रहेकोमा शनिबारसम्म २८ हजार ३ सय २९ जनालाई खोप लगाइएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सबभन्दा बढी कास्कीमा ९ हजार १ सय १७ र सबभन्दा कम मनाङमा ३४६ जनालाई खोप लगाइएको हो । यस्तै, गोरखाका २ हजार ८८, तनहुँका २ हजार ९ सय ७२, नवलपुरका २ हजार ५३, पर्वतका १ हजार ७ सय ७४ जनाले खोप लगाएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बागलुङका २ हजार ५ सय ९, मुस्ताङका ४ सय ९३, म्याग्दीका १ हजार ६ सय १०, लमजुङका २ हजार ४ सय ९२ र स्याङ्जाका २ हजार ८ सय ७५ जनाले खोप लगाएका छन् ।

दोस्रो चरणमा स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधि, पत्रकार, निजामती सेवा कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थान तथा प्राधिकरणका कर्मचारी र पहिलो चरणमा छुटेकाले खोप लगाएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । पहिलो चरणमा लक्ष्यभन्दा ७ प्रतिशत बढीलाई खोप लगाएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ