२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा हस्पिटलको अनाधिकृत रुपमा सञ्चालित ल्याब तथा फार्मेसी सिल

पोखरा हस्पिटलको अनाधिकृत रुपमा सञ्चालित ल्याब तथा फार्मेसी सिल


पोखरा—पोखरा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सञ्चालन गरेको ल्याब तथा फार्मेसी कास्की प्रशासनले सिल गरेको छ । दर्ताबिना नै सञ्चालन भइरहेको उजुरी परेपछि कास्की प्रशासनले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा आवश्यक कागजात टोली समक्ष पेस गर्न नसकेपछि ल्याब र फार्मेसी सिल गरिएको हो । प्रशासनले बुधबार १० बजेसम्मका लागि दर्ता गरेको प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न भनेको थियो ।

२ दशक अघिदेखि सञ्चालित उक्त अस्पतालले गत वर्षदेखि फार्मेसी र गत जेठदेखि ल्याब सञ्चालनमा ल्याएको थियो ।

अस्पतालका अध्यक्ष डा. गोपी हिराचन र प्रबन्ध निर्देशक सञ्जय कोइराला रहेका छन् । अस्पतालको ल्याब र फार्मेसी बन्द भएकोबारे अस्पतालको सोधपुछमा सम्पर्क गर्दा हल्लामात्रै भएको दाबी गरे । जबकि कास्की प्रशासनले सिल गरिएको पुष्टि गरिसकेको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #कास्की प्रशासन, #डा. गोपी हिराचन, #पोखरा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, #फार्मेसी, #ल्याब


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ