२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा जन्मिए चम्ल्याहा शिशु

पोखरामा जन्मिए चम्ल्याहा शिशु


पोखरा—स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनिता पौडेल प्रधान गत आइतबार प्रसुतिका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनबाट सोही अस्पतालमा बिहीबार चम्ल्याहा शिशुको जन्म भयो ।

७ जना चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको हो । जसको नेतृत्व गरेका थिए, डा. महेन्द्र पाण्डेले । डा. पाण्डेकै नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो ।

जसमा ३ छोरी र १ छोरा छन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ । डा. पाण्डेका अनुसार पहिलो बच्चा छोरी डेढ केजीलाई ९ बजेर ४९ मिनेटमा निकालिएको थियो । त्यसपछि दोस्रो बच्चा छोरा (१.३ केजी), तेस्रो र चौथो बच्चा छोरीहरु (१.३ र १.४ केजीका)लाई ९ बजेर ५० मिनेटमा निकालिएको हो ।

‘भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको थियो । तर, शल्यक्रिया गर्दा चार वटा भेटिए,’ डा.पाण्डेले भने । उनका अनुसार प्रति ८ लाखमा एकजनाले यसरी चम्ल्याहा जन्माउने गर्छन् ।

सुनिताको यो दोस्रो गर्भ हो । ३४ साता ४ दिनमा उनले चार सन्तान जन्माएकी हुन् । उनको यसअघि नै पहिलो सन्तानका रुपमा ५ वर्षीय एक छोरा छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ