२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलआईजीपीको फिटनेस रहस्य

आईजीपीको फिटनेस रहस्य


कुमार घैटे इन्काउण्टरदेखि नेपाली फुटबल म्याच फिक्सिङको अन्तर्राष्ट्रिय जालोलाई पर्दाफाँस गरेर चर्चा आएका सर्वेन्द्र खनाल यतिखेर नेपाल प्रहरी २६ औं महानिरीक्षक (आईजीपी) छन् । तनहुँमा जन्मेका उनी २०४६ सालको माघमा प्रहरी निरिक्षक (इन्स्पेक्टर)का रुपमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । ‘प्रहरी प्रहरीजस्तो हुनुपर्ने’ मान्यता राख्ने खनालकै सक्रियतामा तराईंले सशस्त्र समूहको त्रासबाट मुक्ति पाएको थियो । उनको प्रहरीभित्र निडर र साहसिक छवि छ ।

५३ वर्षीय खनाल ब्यक्तित्व तथा स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै फिट र आकर्षक देखिन्छन् । ७२ हजारको प्रहरी फोर्सको नेतृत्व गरिरहेका खनालमा न कुनै चिन्ता छ, न त कुनै तनाव नै । उनी ‘स्टेट फरवार्ड’ शैलीका छन्, त्यही शैलीमा काम गर्ने उनको स्वभाव छ । खनालको अनुहारमा हमेशा ताजगी झल्किन्छ । आखिर उनको फिटनेशको रहस्य के हो ? फिटनेसको कुनै त्यस्तो स्पष्ट फर्मुला छ ? हेल्थआवाज डटकमले खनालको दैनिक जीवनशैली चिहाउने प्रयास गरेको छ ।

आईजीपी खनाल विहान सबेरै उठिसक्छन् । उनलाई चाडोमा ४ बजे र ढिलोमा ५ बजेसम्म निन्द्राले छोडिसक्छ । ‘सामान्तयाः विहान जाहेरी हुने भएकाले पाँच, साढे पाँच बजेसम्म उठिसक्छु,’ उनी भन्छन् । केही समय उनी बेडमै बस्छन्, बेडबाट निस्कँदा साढे ६ बजिसक्छ । बेडमा रहँदा खनाल कहिलेकाही किताब पढ्ने, कहिले पत्रपत्रिका हेर्ने र कहिलेकाहीँ बेडबाटै निर्देशनहरु दिने काम गर्छन् । त्यसपछि उनी नियमितजसो कसरत गर्छन् । ब्याण्डमिन्टन र लन टेनिस खेल्छन् । कहिलेकाही योग पनि गर्छन् ।

आईजीपी खनालको खानपान सामान्य छ । उनी सधैं यस्तै खान्छन् भन्ने छैन । कहिलेकाही कार्यक्रममा जानुपर्ने र समय लाग्ने छ भने सेवाइ, ओटजस्ता खानेकुराहरु खाएर निस्कन्छन् । समय लाग्ने गरी बाहिर निस्कँदा कहिलेकाही दुध र बिस्कुट पनि लिन्छन् ।

उनी विहानको खानामा भुजा, दुध र हरियो सागपात लिन्छन् । त्यसैमा टमाटरको अचार र अन्य तरकारी पनि हुन्छ । दिउँसोको खाजाका रुपमा उनी सामान्यतयाः फलफूल लिन्छन्, पाइने अवस्थामा भयो भने नरिवलको पानी खान रुचाउँछन् । तर, सधैं नै यही खाजा भन्ने हुँदैन्, बाहिर निस्किएको बेलामा उनी जेमा पनि ‘एडजस्ट’ गर्छन् । ‘मिलेसम्म म नरिवलको पानी खाइरहेको हुन्छु,’ उनी भन्छन्, ‘बाहिर निस्किएका बेला खाजामा जे पाइन्छ, त्यही लिन्छु ।’  साँझपखको खानामा प्रायः खनाल भुजा लिदैंनन् । कहिलेकाही ‘ग्यादरिङ’ भएका बेला उनी चिकेनका लिन्छन् । नत्र भने कहिलेकाही ब्रेड त कहिलेकाही रोटीले साँझको खान्की टर्छ । ‘सामान्यतयाः साँझ भात खाँदिन्,’ उनी भन्छन् ।

राति सुत्ने समय पनि उनको खासै नियमित यही समय भन्ने छैन् । सामान्यतयाः ११ बजे आईजीपी खनाल सुतिसक्छन् । तर, कहिलेकाही कामको चाप भएकाले बेला उनी साढे ११ देखि १२ बजेसम्म पनि सुत्छन् ।

खेलकूदमा उनलाई सबैभन्दा मनपर्ने खेल फुटबल हो । उनी हेर्नका लागि फुटबल मन पराउँछन्, खेल्नमा पनि उनलाई मनपर्ने गेम फुटबल नै हो । तर, अहिलेसम्म फुटबल खेल्ने अवसर भने उनलाई जुरेको छैन । ‘म आफै धेरै खेल्ने भनेको त ब्याडमिन्टन हो,’ उनी भन्छन्, ‘टिम हुँदा बाँस्केटबल पनि खेल्छु ।’

रिफरेसमेण्टका लागि उनी आउटिङ रोज्छन् । वरपरका शान्त हरियाली डाँडाकाँडाहरु उनलाई खुबै मन पर्छन्, त्यस्ता ठाउँहरुमा जाँदा पोलुसन पनि कम भएको अनुभूति उनलाई हुन्छ । ‘शान्त र हरियाली मन पर्छ, त्यसैले वरपर डाँडाकाँडामा गएर केही समय बिताउँदा आनन्दको अनुभूति हुन्छ,’ उनले आफ्नो रिफरेसमेन्टको सुत्र सुनाए ।

सिंगो प्रहरीको कमाण्ड सम्हाल्ने सर्वेन्द्र स्ट्रेस भने उति लिदैंनन् । भूकम्पको समयमा उनी काउन्सिलिङको प्रमुख भएर भूकम्प अतिप्रभावित सबै जिल्ला घुमे । त्यहाँ गएर प्रहरी तथा सर्वसाधारणलाई काउन्सिलिङ गर्ने काम गरे । तनाव रिलिफमा काम गरेकैले होला, उनी उति तनाव लिदैनन् । बरु, उनी चिन्ता गर्नेभन्दा चिन्तन गर्नेमा जोड दिन्छन् । ‘कसरी राम्रो रिजल्ट दिने, कसरी राम्रो गर्ने भन्ने चिन्तन गर्नु स्वभाविक हुन्छ,’ उनी थप्छन्, ‘चिन्ता मात्रै ग¥यो भने काम हुँदैन, त्यसैले सकभर म चिन्तनमै बढी समय बिताउँछु ।’ उनी प्रायःजसो दैनिक सम्पादन गर्नुपर्ने कामका विषयमा विहान आधा घण्टाजति चिन्तन गर्छन् ।

स्वास्थ्य परीक्षणमा पनि खनालको स्पष्ट रुटिन छैन् । समय मिलेका बेला कहिलेकाही चेकअप भने गराइरहेका हुन्छन् । अहिलेसम्म उनको स्वास्थ्यमा खासैं समस्या छैन् । त्यसो भए एकदमै चम्किलो र आकर्षक देखिने आईजीपी खनालको स्वास्थ्यको असली राज के होला त ? भन्छन्, ‘एक त मेरो धेरै तनाव लिएर काम गर्ने बानी छैन, कुनै काम आइपरे गर्न सक्छु भन्ने कन्फिडेन्ट पनि म मा छ, त्यसैले चिन्ता गरिरहनुपर्ने आवश्यकता छैन् । राम्रो कामका लागि चिन्ता गरिरहनु पर्दैन ।’ खनालमा रहेको यही पोजिटिभीटी पनि उनको स्वास्थ्य तथा इनर्जीफूल जीवनशैलीको कारक हो । खानपान, योगा, पोजिटिभी, कसरतजस्ता कुराहरुले उनलाई फिट राखेको छ ।

दुधका परिकारका पारखी

आइजिपी खनाललाई सबैभन्दा बढी मनपर्ने खाने कुरा के होला ? सामान्यतयाः उनलाई दुधका परिकारहरु बढी मन पर्छन् । दुधका परिकारहरुमा उनलाई सर्वाधिक मनपर्ने खुवा, पेडा र दुध मलाई हुन् । उनी पाउँदासम्म अग्र्यानिक खानेकुराहरुमा जोड दिन्छन् । गान्टेमूला, बकुल्ला, चिचिण्डो र हरियो केराउ उनलाई बढी मनपर्ने तरकारीहरु हुन् ।

गुलियो र तारेको खानेकुराबाट टाढा

खनालको सबैभन्दा राम्रो पक्ष खानामा जथाभावी नहुनु पनि हो । उनी चिल्लो र तारेको खानेकुरालाई प्रायः अभोइड गर्छन् भने रेड मिटबाट पनि टाढै रहन्छन् । गुलियो पनि उनको खानपिन मेनुमा अटाउँदैन् । फ्राइडमा पकौंडाहरु, ब्रेडजस्ता खानेकुराबाट सकेसम्म टाढै रहन्छन् । खनालको नरिसाउने स्वभावले पनि उनको स्वस्थ्य जीवनशैलीलाई टेवा पु¥याइरहेको छ ।


क्याटेगोरी : प्रोफाइल, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ