गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ घरेलु उपायबाट सौन्दर्य वृद्धि घरेलु उपायबाट सौन्दर्य वृद्धि सुषमा रावल वरिष्ठ ब्युटिसियन शनिबार, २०७७ भदौ १३ गते, १२:२० मा प्रकाशित सौन्दर्य भन्ने बितिकै सुन्दर मनका साथसाथै सुन्दर जिउज्यान, अनुहार र व्यक्तित्व भन्ने बुझ्छौं । हामी जो कोहीको मनमा पनि सुन्दर देखिने इच्छा भरपूर हुन्छ । आजभोलि बजारमा सौन्दर्य प्रशाधनका सामानहरुको मूल्य पनि दिनानुदिन बढ्दैं गइरहेको हामी पाउँछौं । कोही त राम्रो गुणस्तरका प्रशाधन प्रयोग गर्न सक्ने क्षमताका हुँदैनन् । यस्तो परिस्थितीमा प्राकृतिक सौन्दर्य प्रशाधनहरुको सहारा लिनु नै उत्तम उपाय हुन्छ । प्राचीनकालदेखि नै प्रयोगमा ल्याइने प्राकृतिक सौन्दर्य प्रशाधनको मुख्य फाइदा यसको कुनै साइड इफेक्ट हुँदैन् । साथै, यसले चमत्कारी परिणाम पनि दिन्छ । हामीले भान्छामा प्रयोग गरिने तरकारी, फलफूलहरुबाट पनि सौन्दर्य निखार्न सकिन्छ । तसर्थ, तल उल्लेखित विभिन्न सामाग्रीहरुको प्रयोगद्वारा हामीले पनि आफूलाई सुन्दर बनाउन सक्छौं । एक चम्चा सौफको पानीलाई उमालेर काडा बनाउने र चिसो भएपछि यसमा थोरै मह मिसाएर लेप बनाएर १५/२० मिनेटको लागि अनुहारमा लगाउनाले अनुहारको चाँया कम हुनुका साथै अनुहारमा कसाब (स्कीन टाइट) ल्याउँछ । यदि घरमा क्लीजिङ मिल्क छैन भने काँचो दुधमा २/४ थोपा कागती र थोरै नुन राखेर पनि फेस क्लिन अप गर्न सकिन्छ । चनाको दाललाई रातभरी दुधमा भिजाएर भोलिपल्ट सिलौटामा मसिनो गरी पिसी त्यसमा थोरै बेसार र एक चम्चा काँचो दुध मिसाएर फेसप्याकको रुपमा प्रयोग गर्नाले अनुहारमा नसोचेको चमक आउँछ । नुहार सफा गर्नको लागि सुन्तलाको ब्रोकालाई छायाँमा सुकाएर मसिनो गरी पिसी धुलो बनाउने र त्यसमा एक चम्चा सुन्तलाको धुलो, एक चम्चा बेसन, एक चिम्टी बेसार, एक चम्चा दुध र २/४ थोपा कागती मिसाएर घाटीदेखि अनुहारसम्म लगाउनाले छालामा निखार ल्याउनुका साथै तिलकोठी र स—साना दागहरु कम हुँदै जान्छन् । कसैको नङ कमजोर छ र बढ्दैछ भने रेगुलर राति सुत्ने बेलामा जैतुनको तेल वा फिस आयलको प्रयोग गर्ने । जसले गर्दा नङलाई पूर्ण पौष्टिकता पुग्नुका साथै नङ छिटो छिटो बढ्छ । घाटीको सुन्दरता निखार्नका लागि सधैं नुहाउनु अघि पाकेको मेवाले घाँटी १०/१५ मिनेट मसाज गर्ने । यसरी मसाज गर्नाले घाटी सुन्दर र आकर्षक देखिन्छ । काक्रोको गुदीमा जैतुनको तेल मिसाएर अनुहारमा मसाज गर्नाले पनि अनुहारमा निखार आउँछ । नौनीमा केसर मिसाएर सधैं सुत्ने बेलामा ओठमा लगाउनाले ओठको लागिमा रहिरन्छ र कालो ओठको समस्या केही हदसम्म कम हुन्छ । मुल्तानी माटो र खिलको प्रयोगले कपालको रुखोपन कम हुनुका साथै कपाललाई पूर्णतयाः पौष्टिक तत्व पाइन्छ । तिल, सरसो, बेसारलाई मिसाएर कुटेर धुलो बनाइ त्यसमा तोरी वा तिलको तेल मिसाइ लेप बनाइ नुहाउनुभन्दा अगाडि सम्पूर्ण शरीरमा दल्नाले छालाको समस्या कम हुनुका साथै छालामा नसोचेको निखार आउँदछ । साथै, शरीरमा स्फूर्ति पनि ल्याउँदछ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ