२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्ययसकारण झर्छ कपाल

यसकारण झर्छ कपाल


प्रा. डा. सविना भट्टराई
वरिष्ठ छाला रोग विशेषज्ञ तथा कस्मेटिक सर्जन, काठमान्डौ मेडिकल अस्पताल

के तपाई बारम्बार कपाल झरेर चिन्तित बन्नु भएको छ ? उमेर नपुग्दै कपाल झर्दा आफूमा बुढ्यौलीले छोयो भन्ने तनाब त हुनुहुन्न ? निश्चिय पनि उमेरसँगै मानिसको कपाल पनि पातलो हुँदै जान्छ । तर, युवा अवस्थामै अधिकांश कपाल झरेको छ भने यो रोग हुन सक्छ । कपाल झर्नुको विभिन्न कारण हुन्छन् ।

हामी बच्चादेखि वयस्क हुँदै बृद्ध अवस्थामा पुगे जस्तै हाम्रो कपालको पनि आयु हुन्छ । यसको पनि तीन/तीन महिनाको आफ्नै चक्र हुन्छ । यी हुन कपाल झर्नुका कारणः

अत्याधिक चिन्ता
न्युट्रिशनको अभाव
थाइराइड तथा सुगर
शरीरमा रक्त अल्पता
शरिरमा विकिरणको प्रभाव
हार्माेनल तथा इन्डो प्रिडलका कारण

रोकथाम तथा उपचार
सर्वप्रथम हामीले कपाल झर्नाका कारण पहिचान गर्नुपर्दछ । यसैगरि हामीले बजार खानेकुरा जथाभावी खाना नखाई प्रोटिनयुक्त खानाको प्रयोग गर्नुपर्दछ । दैनिक खानामा दुध, अण्डा तथा केरा खादा हाम्रो शरीरमा पौष्टिक आहाराको कमी हुदैन । बजारमा उपलब्ध औषधिको प्रयोगद्धारा कपालको जरा मजबुत बनाउन सकिन्छ ।

चाँयाको कारण पनि कपाल झर्ने हुदा चाँयाबाट जोगिनुपर्छ । चायाँबाट बच्न दैनिक नुहाउने तथा सरसफाइमा विशेष ध्यान दिनु पर्दछ । थाइराइड, सुगर तथा क्यान्सरका कारण पनि कपाल झर्ने हुदा हामीले समय समयमा शरीर परीक्षण गर्नुपर्छ ।

यसैगरि, विभिन्न औषधि तथा स्याम्पुहरुको प्रयोगका कारण कपाल झर्ने भएकोले त्यस्ता सामाग्रीहरु प्रयोग गर्नुपुर्व सम्बन्धित चिकित्सकसँग परामर्श लिनु पर्दछ ।

कपाल अत्याधिक झरेमा नयाँ पद्धति पिआरपि नामक पद्धति अपनाउन सकिन्छ । यस अन्र्तगत आफ्नै शरीरको रगत निकाली त्यसमा भएको ग्रोथ फ्याक्टरलाई कपालमा इन्जेक्ट गरिन्छ । जसले नयाँ कपाल उमार्न मद्दत गर्दछ ।

 


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ