२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यबटोलिनम टक्सिनको महत्व सौन्दर्य–स्वास्थ्यमा पनि

बटोलिनम टक्सिनको महत्व सौन्दर्य–स्वास्थ्यमा पनि


डा. लैला लामा
वरिष्ठ कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ
वीर अस्पताल, एसोसियट प्रोफेसर न्याम्स ।

बटक्स भनेको एक जातको ब्याक्टोरिया प्रोड्युस टक्सिन भनिने ‘बटोलिनम टक्सिन’ हो । बटोलिनम भनेको एक प्रकारको ब्याक्टेरिया हो । यहि ब्याक्टेरियाले उत्पादन गर्ने केमिकल नै बटोलिनम टक्सिन हो । ब्याक्टेरियाद्वारा उत्पादित सो केमिकल वा टक्सिन विषाक्त हुने भएकोले यसले मांसपेशी तथा नशालाई लठ्याउने काम गर्दछ । तर, यसलाई सहि तथा उचित मात्रामा ट्रिटमेन्टको रुपमा प्रयोग गर्न सकेमा यसले औषधिको रुपमा पनि काम गर्छ । अर्थात् यसको प्रयोगबाट नशालाई लठ्याउने तथा मांसपेशीहरुको काम कम गर्ने गरिन्छ ।

हामीहरुलाई थाहा नै छ, कुनै पनि काम शरीरमा कुनै पनि तत्वको कमी अथवा बढी भएमा त्यसले नकारात्मक असर देखाउँछ । तसर्थ यसको हकमा पनि सन्तुलन मात्रामा यसको प्रयोग गर्नाले यसले शरीरमा फाइदा पु¥याउँछ नै अन्यथा प्रतिफल स्वरुप यसले पनि नकरात्मक प्रतिफल देखाउन थाल्दछ । अर्थात् अर्को शब्दमा भन्नुपर्दा, बटोलिनम ब्याक्टेरियाले हाम्रो शरीरमा संक्रमण गरेको खण्डमा यसबाट हाम्रो शरीर तथा स्वास्थ्यमा नकरात्मक असर देखा पर्दछ ।

तर, त्यसै ब्याक्टेरियाद्वारा उत्पादित टक्सिनलाई हामीले रिफाइन गरेर त्यसको सहि मात्राको प्रयोग गर्न सकेको खण्डमा भने यो विभिन्न रोगको उपचारको निम्ति पनि समेत फाइदाजनक रहेको छ । तर, यसरी उपचारको निम्ति गरिने व्यक्ति दक्ष तथा जानकार हुनुका साथै प्रयोग गरिने टक्सिनको मात्रा पनि उचित हुनुपर्छ ।

यसरी ब्याक्टेरियाद्वारा उत्पादन हुने टक्सिनको उचित मात्रा उपचारको निम्ति उपयोगी तथा फाइदामुलक रहेको देखिन्छ । वर्तमान समयमा यो विशेष गरी निम्न उपचारहरुको निम्ति प्रयोग गरिन्छः

चाउरीपना कम गर्नाको निम्ति

व्यक्तिको ‘एस्थेटिक पार्ट’को निम्ति प्रयोग गरिने यस बटोलिनम टक्सिनको प्रयोग पछिल्लो क्रममा विशेषगरी सौन्दर्यको क्षेत्रमा अत्याधिक मात्रामा प्रयोग भएको देखिन्छ । यो चाउरीपन तथा छालामा देखा परेका धर्काहरुको निर्मुलनको निम्ति अत्याधिक प्रयोग हुने गरेको छ ।
व्यक्तिमा देखा पर्ने चाउरीपना विभिन्न किसिमको हुने गर्दछ । एउटा चाउरीपना उमेर बढ्दै गएको अवस्थामा छाला लुज (खुकुलो) भएर हुन्छ । त्यस्तो अवस्थाको भने यो बटक्सले उपचार गर्दैन ।

तर, उमेर छदै, छाला लुज नहुँदै पनि फेसियल एक्सप्रेशनको कारण देखा पर्ने चाउरीपनको उपचार भने यसबाट सम्भव छ । यस्ता चाउरीपना भने व्यक्तिमा बोल्ने, हाँस्ने, रिसाउने, हाइ गर्ने तथा रुनेजस्ता हाउभाउ दिदा निधार, आँखा, नाकको भाग वरपर खुम्चिने प्रक्रियाबाट आउँछ । त्यस्ता क्रियाकलापबाट व्यक्तिमा देखा पर्ने चाउरीपनालाई भने ‘डाइनामिक रिंकल्स’ भनिन्छ । कुनै–कुनै व्यक्तिको अनुहारको मांसपेशी बढी खुम्चिएको कारण ‘मसल्स अफ फेसियल एक्प्रेशन’ भनिने त्यस्ता क्रियाकलापबाट अनुहारका मांसपेशीहरु खुम्चिएकै कारण अनुहारका विभिन्न भागहरुमा चाउरीपना देखिन पुग्छ । तसर्थ त्यस्ता डाइनामिक रिंकल्स भएका व्यक्तिहरुमा भने बटोलिनम टक्सिसको प्रयोगद्वारा भने उपचार गर्न सकिन्छ ।

धेरै चलेको मांसपेशीमा बटोलिनम टक्सिसलाई हामीले इन्जेक्शनको रुपमा दिदा यसले मांसपेशीलाई लठ्याउँछ । जसकारण लठ्ठिएको मांसपेशी कम चल्न थाली खुम्चिने प्रक्रियामा पनि कमी आई खुम्चिने प्रक्रिया स्वतः कम हुन थाल्छ । यसलाई चाउरीपनाबाट आएको एक नयाँ आयाम पनि मानिन्छ । जसकारण संसारभरि नै यसलाई चाउरीपनाको निम्ति प्रयोग गरिने पहिलो ट्रिटमेन्टको रुपमा लिइन्छ ।

नशा लठ्याउनको निम्ति

कुनै–कुनै नशा विशेष रोगहरुको निम्ति पनि यस बटोलिनम टक्सिनको प्रयोग गरिन्छ । विशेषगरी बढी चल्ने नशाको निम्ति यसको प्रयोग गरिन्छ । माथि उल्लेख गरेजस्तै कुनै पनि चिज वा अंगले सन्तुलित तथा उचित मात्रामा काम गरेमा मात्रै त्यो हाम्रो निम्ति उपयोगी रहन्छ । अन्यथा यसले नकरात्मक असर देखा पार्छ । तसर्थ व्यक्तिमा कहिलेकाही नशा हाइपर एक्टिभ हुने रोगहरु देखा पर्छ । जसकारण व्यक्तिमा शरीर दुख्ने समस्या उत्पन्न हुन्छ । त्यस्ता ब्यक्तिहरुमा पनि यसै टक्सिनमार्फत नशा लठ्याइ कम चलाउने बनाइन्छ ।

ब्ल्याडरको प्रयोगको निम्ति

कतिपय व्यक्तिहरुको काखी तथा हत्केलामा सामान्य व्यक्तिहरुको तुलनामा भन्दा बढी पसिना आउने हुन्छ । यो ओभर एक्टिभ ब्ल्याडरको कारण हुने गर्छ । जसअन्र्तगत व्यक्तिको काखी तथा हात खुट्टाको नशाहरु बढी क्रियाशील रहने हुँदा उनीहरुमा काखी तथा हत्केलामा बढी पसिना आउने गर्छ । त्यसकारण मा देखा परेको ‘हाइपर हाइड्रोसेस’ भनिने यस्ता समस्याको निर्मुलनको निमित्त पनि यस बटोलिनम टक्सिनको प्रयोग गरिन्छ । जसबाट उनीहरुको पसिना धेरै आउने समस्यामा नियन्त्रण आउँछ ।

कोहि व्यक्तिहरुलाई आवश्यकता भन्दा बढी पिसाब लाग्ने गर्छ । अझ, कोहि कोहि त शौचालय जाने समयसम्म कुर्न नसक्ने र पिसाब लाग्ने बित्तिकै तुरुन्त पिसाब चुहिने समस्या पनि हुन्छ । यो समस्या पनि व्यक्तिमा ओभर एक्टिभ ब्ल्याडरकै कारण देखा पर्छ । यसका निम्ति कतिपयले अन्य औषधि उपचार पनि गरेका हुन्छन् । तर, ती औषधिको साइड इफेक्ट सहन नसक्ने व्यक्तिहरुका लागि भने यो बटोलिनम टक्सिनकै प्रयोग उपयोगी रहेको देखिन्छ ।

दह्रो मांसपेशीहरुको निम्ति

मांसपेशीको विभिन्न भागमा दुखाइ हुनुको मुख्य कारण मांसपेशी कडा हुनु पनि हो । तसर्थ बटोलिनम टक्सिनको उपयोगिता कडा मांसपेशीअन्तर्गत पनि रहेको देखिन्छ । खोपको माध्यमद्वारा कडा मांसपेशी भएका व्यक्तिहरुमा यसको प्रयोग गर्दा यसले उक्त मांसपेशीहरुमा लचिलोपन ल्याउन मद्दत गर्छ ।

कसै–कसैमा ‘आई–क्रस’ (आँखा डेढो हुने) समस्या पनि रहेको हुन्छ । यो पनि कडा मांसपेशी भएकै कारण व्यक्तिमा देखा पर्ने हुन्छ । यसै टक्सिनकै प्रयोगबाट उक्त दह्रो भएको मांसपेशीलाई लुज बनाइ सो समस्याको पनि उपचार गरिन्छ । यस्तै आवश्यक भन्दा बढी परेला झिम्किरहने समस्या भएका व्यक्तिहरुको समस्या समाधानको निम्ति पनि यसको प्रयोग उत्तिके उपयोगी रहेको देखिन्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ