२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेनाको मेडिकल कलेजमा ३८ प्रतिशत सर्वसाधारण र ४९ प्रतिशत सेना परिवारलाई छात्रवृत्ति दिइने

सेनाको मेडिकल कलेजमा ३८ प्रतिशत सर्वसाधारण र ४९ प्रतिशत सेना परिवारलाई छात्रवृत्ति दिइने


काठमाडौं—नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा ३८ प्रतिशत सरकारी छात्रवृत्ति सर्वसाधारणका छोराछोरीले पाउने भएका छन् । सोमबार बसेको क्याबिनेटको बैठकले चिकित्सा शिक्षा नियमावलीमा परिवर्तन गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि सो कलेजमा ४९ प्रतिशत नेपाली सेनाका परिवारका छोराछोरी र ५१ प्रतिशत सिट सर्वसाधारणलाई शुल्क लिएर पढाउँदैं आएको थियो । अब उक्त ५१ प्रतिशतबाट ७५ प्रतिशत सिट सर्वसाधारणका लागि छात्रवृत्ति छुट्याइएको छ । बाँकी ५१ प्रतिशतको २५ प्रतिशतमा भने सेनाले शुल्क लिएर चिकित्सा शिक्षाका कार्यक्रम पढाउने छ ।

सो मेडिकल कलेजमा एमबीबीएस १ सय सिट, बिएन नर्सिङ ४० सिट, बिएस्सी नर्सिङ ४० सिट, विपिएच २० सिट र बिएसएमएलटी १२ सिट रहेको छ ।

चिकित्सा शिक्षा आयोगका सदस्य सचिव समेत रहेका प्रवक्ता डिल्लीराज लुइटेलले नेपाली सेनाको मेडिकल कलेजमा अब पूर्ण रुपमा सरकारी स्वामित्वको मेडिकल कलेज भएको बताए । उनले सरकारी स्वामित्व भएतापनि नेपाली सेनाको कल्याणकारी कोषबाट सञ्चालन भएको हुँदा सैनिक परिवारका लागि रहेको पूर्ववत आरक्षण यथावत राखिएको बताए ।

‘अब सैनिक परिवारबाट ४९ प्रतिशत र बाँकी ५१ प्रतिशतबाट ७५ प्रतिशत नेपाल सरकारको छात्रवृत्तिअन्तर्गतका विद्यार्थी पढ्ने गरी क्याबिनेटले स्वीकृत गरेको छ,’ उनले भने, ‘अब नेपाली सेनाको मेडिकल कलेज निजी हो कि सरकारी भन्ने विवाद हल भएको छ ।’


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा
ट्याग : #नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ