२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षासरकारी चार वटै नर्सिङ कलेजले सिट पाउने, बीएन, बीएस्सीमा २४० सिट छात्रवृत्ति थपिदैं

सरकारी चार वटै नर्सिङ कलेजले सिट पाउने, बीएन, बीएस्सीमा २४० सिट छात्रवृत्ति थपिदैं


काठमाडौं—त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)अन्तर्गतका चार वटा सरकारी नर्सिङ कलेजले अध्यापनका लागि सिट पाउने भएका छन् । सोमबार बसेको क्याबिनेटको बैठकले शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको सम्झौता भएपछि ती नर्सिङ कलेजले बीएस्सी नर्सिङ र बिएन नर्सिङ अध्यापन गराउन पाउने भएका हुन् ।

चिकित्सा शिक्षा ऐनमा आफ्नै १ सय शैय्याको अस्पताल नभएका शिक्षण संस्थाले चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्न नपाउने व्यवस्था गरेपछि आफ्नै अस्पताल नभएका आईओएम अन्तर्गतका चार वटा नर्सिङ कलेजले सिट पाएका थिएनन् । जसमा विराटनगर नर्सिङ क्याम्पस, वीरगन्ज नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पस रहेका थिए । ती कलेजहरुले स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालहरुलाई अध्ययनका लागि प्रयोग गर्दै आएका थिए ।

तर, ऐन लागु भएसँगै ती कलेजहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल हुँदा आयोगले यसअघि सिट निर्धारण गरेको थिएन ।

सेनाको मेडिकल कलेजमा ३८ प्रतिशत सर्वसाधारण र ४९ प्रतिशत सेना परिवारलाई छात्रवृत्ति दिइने

सोमबारको क्याबिनेटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका कोशी अस्पताल, नारायणी अस्पताल, भेरी अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल आईओएमका आंगिक नर्सिङ कलेजलाई अध्ययन—अध्यापनका लागि प्रयोग गर्न दिने निर्णय अनुमोदन गरेको हो । स्वास्थ्य मन्त्रालयको सो निर्णय अनुमोदन भएसँगै अब चार वटै कलेजमा बिएन, बिएस्सी नर्सिङ अध्यापन हुने पक्का भएको छ ।

‘सरकारले सरकारी अस्पताल प्रयोग गरेर सरकारी कलेजलाई अध्ययन—अध्यापन गर्नका लागि बाटो खुलाएको छ,’ चिकित्सा शिक्षा आयोगका सदस्य सचिव समेत रहेका प्रवक्ता डिल्लीराम लुइटेलले भने, ‘अब आईओएमका चार वटै नर्सिङ कलेजका लागि सिट निर्धारण हुन्छ । तर, निजीका हकमा भने यो लागु हुँदैन ।’

यी चार वटै कलेजले विएनतर्फ ४० र बिएस्सी नर्सिङतर्फ ४० सिट पाउनेछन् । यससँगै चार वटै कलेजमा गरी २ सय ४० सिटमा सरकारी छात्रवृत्ति निश्चित हुनेछ ।

यो पनि पढ्नुस्

५० वर्ष पुराना चार सरकारी नर्सिङ क्याम्पस संकटमा, २४० नर्सिङ छात्रवृत्ति कोटा गुम्दै


क्याटेगोरी : स्वास्थ्य शिक्षा
ट्याग : #त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, #नेपालगन्ज नर्सिङ क्याम्पस, #पोखरा नर्सिङ क्याम्पस, #विराटनगर नर्सिङ क्याम्पस, #वीरगन्ज नर्सिङ क्याम्पस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ