२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाकाउन्सिलले तोक्यो पाटन, विपी र केयु अन्तर्गतका कलेजलाई एमवीवीएस र विडीएस सिट

काउन्सिलले तोक्यो पाटन, विपी र केयु अन्तर्गतका कलेजलाई एमवीवीएस र विडीएस सिट


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजहरुले आगामी शैक्षिक सत्रका लागि अध्ययन गराउने सिट संख्या तोकेको छ । दशैअघि नै बसेको काउन्सिलको पूर्ण बैठकले सिट संख्या निर्धारण गरेको हो ।

काउन्सिल स्रोतले दिएको जानकारीअनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजहरुको सिट संख्या भने तोकिएको छैन् । त्रिविअन्तर्गतका कलेजहरुको इन्स्पेक्सन सकिएतापनि पनि सिट संख्या तोकिएन् । ‘सबै इन्स्पेक्सन सकिएको छ, सम्भवतः अर्को बैठकबाट सिट संख्या तोकिन्छ होला,’ स्रोतले भन्यो ।

त्रिवि अन्तर्गतका कलेजमा विद्यार्थीहरुले बढी शुल्क लिएको र त्यसलाई फिर्ता गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले सो शुल्क फिर्ता नगरेसम्म सिट संख्या नतोक्न शिक्षा मन्त्रालय चिकित्साशास्त्र अध्ययन संस्थान र मेडिकल काउन्सिलमा निवेदन दिएर दबाब दिदैं आएका छन् ।

यता प्रा.डा. गोविन्द केसीले पनि बढी लिएको शुल्क फिर्ता गर्ने र बढी शुल्क असुल्नेलाई कारवाही नगरुन्जेल सिट नतोक्ने विज्ञप्तिमार्फत दबाब दिएपछि त्रिवि अन्तर्गतका कलेजहरुको सिट निर्धारण काउन्सिललाई समस्या परेको हो । दशैअघि नै सिट संख्या तोकिएता पनि मेडिकल कलेजहरुले बढी लिएको शुल्कका बिषयमा आन्दोलन भइरहेका कारण काउन्सिलले सार्बजनिक गरेको थिएन ।

कुन मेडिकल कलेजले कति सिट पाए ? 

नाम  एमवीवीएस विडिएस
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १०० ५०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६५
नोवेल मेडिकल कलेज १०० ३५
विराट मेडिकल कलेज ७५
काठमाडौं मेडिकल कलेज १०० ५०
एनएमसी १०० ५०
धुलिखेल ८५ ५०
कलेज अफ मेडिकल साइन्सेज १०० ४०
लुम्बिनी मेडिकल कलेज १००
नेपालगञ्ज मेडिकल कलेज १००
मनिपाल मेडिकल कलेज १००
देवदह मेडिकल कलेज ५०
कान्तिपुर डेन्टल कलेज ५०


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ