२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाचिकित्सा शिक्षा आयोगका कारण आईओएममा आर्थिक रुपमा कंगाल हुँदैछ : उपकुलपति बाँस्कोटा

चिकित्सा शिक्षा आयोगका कारण आईओएममा आर्थिक रुपमा कंगाल हुँदैछ : उपकुलपति बाँस्कोटा


काठमाडौं–त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन भएपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) आर्थिक रुपमा धारासायी भएको बताएका छन् ।

आईओएमको ५० औं वार्षिकोत्सवको अवसरमा बोल्दै उपकुलपति प्रा.डा. बाँस्कोटाले चिकित्सा शिक्षा आयोग बनेपछि प्रवेश परीक्षाबाट हुने आम्दानी, विदेशी विद्यार्थी पढ्न आउदा हुने आम्दानी घटेको बताए । ‘चिकित्सा शिक्षा आयोग बनेसँगै आईओएम आर्थिक रुपमा कंगाल हुँदै गएको छ,’ उनले भने, ‘प्रवेश परीक्षालगायतबाट हुने आम्दानी घटेको छ । विदेशी विद्यार्थी पढ्न आउँदा हुने आम्दानीमा पनि असर गरेको छ ।’

उनले परीक्षा विश्वविद्यालयको स्वायत्त अधिकार भित्र रहेको भन्दै आयोग गठनपछि विश्वविद्यालयका स्वयत्ततामाथि पनि प्रश्न खडा भएको बताए ।

देशको स्वास्थ्य क्षेत्रको खम्बाको रुपमा रहेको चिकित्साशास्त्र अध्ययन संस्थानलाई सरकारले दुई देशको सीमामा रहेको दशगजा क्षेत्रको व्यवहार गरेको आरोप लगाए । सरकारले वेवास्था गरेतापनि आईओएम आफ्नै बलबुतामा अगाडि बढेको र अब पनि देशको स्वास्थ्य क्षेत्रलाई नेतृत्व गर्ने संस्था यही हुने दावी गरे ।

‘आईओएम त्रिविको मात्र खम्बा नभएर देशकै स्वास्थ्य क्षेत्रको मुल खम्बा हो,’ उनले भने, ‘आईओएमले आफ्नो साख जसरी भएपनि जोगाउनै पर्छ ।’


क्याटेगोरी : स्वास्थ्य शिक्षा
ट्याग : #चिकित्साशास्त्र अध्ययन संस्थान, #त्रिभुवन विश्वविद्यालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ