२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’सँग जोडिएको एक लाखको सपना

‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’सँग जोडिएको एक लाखको सपना


यतिबेला नेपाली चिकित्सकमाझ एउटा बहस चलिरहेको छ । ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ यो बहसले फेसबुकका वाल, ट्वीटरका ट्वीट र अनलाइन पत्रिकाका भित्ताहरू शब्द बहस, विभिन्न कोणबाट प्रश्नहरू आइरहेका छन् ।

नेपाली चिकित्सकहरुका समस्या यति धेरै छन् । सरकारले समस्या हल गर्छौ नि किन नगर्ने भनेर एउटा—एउटा एजेण्डा बजारमा दिरहेको हुन्छ । यसरी नै यतिबेला डाक्टरलाई ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’को माछो पकड्न गडौला हालेर पासो थाप्दैंछ । कोरोनाले ग्रसित, तनावमा रहेका डाक्टरहरुलाई नयाँ एजेण्डामा घुमाइ राखेर उता भत्ता काट्ने हुन कि भन्ने पनि छ ?

केही डाक्टरहरु ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ वरदान हो भन्दैछन् भने केहीले होइन यो अभिशाप हो भन्ने बहस चलाइरहेका छन् । बिल्कुलै नयाँ यो बहसले नेपाली डाक्टरहरूमा एउटा नयाँ तरंग सिर्जना गरेको छ । स्वास्थ्य मन्त्रालयले नै लिखित सुझाव दिनुहोला भनेर सूचना निकालिसकेको छ । व्यवस्था परिवर्तन हुनु पर्दछ भनेर हिजोदेखि चिकित्सकका हकमा लड्नेहरुको अनुहारमा कान्ति छ । ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ले के कस्ता समस्यालाई सम्बोधन गर्न सक्ला त ? आउनुस् चर्चा गरौं ।

पहिलो नेपाली चिकित्सकहरुको ठूलो गुनासो र समस्या भनेको आम्दानी अर्थात कमाइ । के भन्ने गरिन्छ भने एउटा डाक्टरले आफ्नो जीवन साँच्चै गुजारा गर्न र परिवार हेर्नकै लागि ‘हेलमेट डाक्टर’ बन्नु परेको छ । सकी—नसकी दिन दौडाहामा लाग्नु पर्दछ । के चिकित्सकलाई यो समस्याबाट मुक्त गर्ला त यो नयाँ प्रावधानले ? यो यक्ष प्रश्न हो ।

नेपालमा चिकित्सकहरु एउटै संस्थामा पनि धेरै बेर काम गर्न सक्दैनन् । र, वातावरण पनि नभएको जस्तै देखिन्छ । जसकारण एउटा अस्पतालबाट अर्काे अस्पताल चहार्दै, एक ठाउँबाट अर्को अस्पताल जहाँ आफ्नो कमाइ धेरै हुन्छ, त्यहाँ जाने बाध्यात्मक परिस्थिति पनि रहेको छ । के यो परिस्थिति परिवर्तन होला अथवा रोकिएला त ?

नेपालमा एउटा ठेक्का हान्ने प्रचलन छ । सुन्दा अचम्म लाग्ला ठेक्का अर्थात् केही डाक्टर मिलेर एउटा अस्पतालमा हामी काम गर्छौ भनेर सिन्डिकेटजस्तै काम गर्ने चलन छ । किन होला ? किनकी यहाँ डाक्टरहरुलाई दैनिक ज्याला र घण्टे खेताला जसरी काम लगाउने चलन छ । के एक चिकित्सक, एक स्वास्थ्य संस्था’ले यो परम्परालाई निर्मुल गरी युवा डाक्टरहरुमाथि भैरहेको यो विभेदकारी ज्यालादारी हटाउँला त ?

साँच्चै यतिबेला बहसमा यो प्रावधान लागु हुनका लागि पहिलो अर्थात् आठौं अधिकृत तहको डाक्टरको तलब मापन कम्तिमा पनि एक लाखबाट सुरु गर्नु पर्दछ भन्नेहरुको लहड नै छ । हिजोका दिनमा पनि नेपाली चिकित्सकको चुनावताका सबै खाले डाक्टरहरूको माग भनेको सुरक्षा, तलब र बिना धरौटी जेल नै प्रमुख मुद्वा बनाएर चुनाव लडेर एउटा नयाँ युवा नेतृत्व पनि चिकित्सक संघले पाएको छ । के यो प्रावधानले यी तीन वटा मागको सम्बोधन र ती मागलाई न्याय दिलाएर डाक्टरहरुको अनुहारमा कान्ति, शान्ति र उच्च मनोबल राखेर काम गर्ने अठोट भर्न सक्ला त ?

एक एमबीबीएस भर्खर सकेर बसेको डाक्टरले तलब एक लाख हुन्छ रे भन्ने सुन्दा मन कति खुसी होला, कति प्रफुल्ल होला । नहोस् पनि किन अहिलेको बजार भाउ भनेको बिहान ६ बजेदेखि २ बजेसम्म काम गरे एक हजार, २ देखि बेलुकी ८ सम्म काम गरे १ हजार रुपैयाँ, बेलुकी ८ देखि भोलिपल्ट बिहान ८ सम्म काम गरे २ हजार अर्थात् २४ घण्टा काम गर्दा चार हजार दिने चलन रहेको छ । सिधा—सिधा हिसाब गर्ने हो भने महिनाको १ लाख २० हजार तर ३० रात नै नसुती काम गर्न त को नै सक्छ ? जसकारण यतिबेला डाक्टरहरु ठेक्का हान्नु परेको छ । ३—४ जना मिलेर कमाइ हुने भो करिब ४०—५० हजारको आसपासमा, यसरी दुःख गरेर ठेक्का र हेलमेट डाक्टर भएर जम्मा ५० हजार कमाइ हुने ठाउँमा १ लाख भएपछि को मेडिकल अधिकृत ठेक्का हान्ने काम गर्लान् र ? पक्कै नहोला । यो प्रावधानले यस्तो समस्यालाई के सम्बोधन गर्न सक्ला ? यो ठूलो चुनौती हो ।

एक लाखको तरंग ?

यसरी डाक्टरलाई खुसी हुने प्रावधान आउँदै गर्दा यसले अर्को बेथिती निम्ताउने पो हो कि ? सर्वसुलभ उपचार सुविधा, सामान्य उपचार नपाएर प्रत्येक दिन आम जनताहरू स्वास्थ्य व्यवस्थाप्रति त्रसित हुँदै, घर खेत नै बेचेर पनि ज्यान जोगाउन खोज्दा यो बेला त यस्तो छ । अब सोचौं यो प्रावधानले हाम्रो स्वास्थ्य सुविधालाई धरासायी बनाएर कोही सामान्य काम गर्ने व्यक्ति उपचारबाट वञ्चित हुने दिन त आउने होइन् ?

अब साँच्चै १ लाखबाट नै सुरु गर्ने हो भने यतिबेला त डाक्टरको श्रम शोषण भयो भनेर दिनदिनै बहसको विषय बनेको छ । यति तलब दिँदा पनि श्रम शोषण गर्दछ, टाइममा तलब दिँदैनन् भने यो प्रावधान लागि हुँदा अस्पताल सञ्चालकको हैकमवाद कहाँसम्म पुग्ने होला । नोकरी गर्न आउनेहरु लागि दास र नोकर बनाउने मेसो त चल्दैन । पैसा यत्रो दिएको छु, यति जाबो हैन यति घण्टा काम त गर्नै पर्छ भनेर सञ्चालकले झन् दलाउने काम बढ्ने हो कि ? यो गम्भीर प्रश्न रहेको छ ?

‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’को प्रावधानले चिकित्सा क्षेत्रमा नयाँ सुधार प्रदान त गर्दछ नै आम चिकित्सकहरुको समस्यालाई पनि केही हदसम्म र हेलमेट डाक्टर बन्नबाट रोक्ने छ । निजी अस्पतालहरुलाई पैसा खाने भाँडो भनेर लगाइने ट्याग हट्न सक्ला । एउटा सरकारी डाक्टरले सरकारी अस्पतालमा आएकालाई मेरो यहाँ क्लिनिक छ, त्यहाँ आउनुस् न भन्ने परम्परा रोकिएला ? अस्पताल र डाक्टरप्रति आम मानिसको भावनामा परिवर्तन गर्ने काम गर्ला । पेसालाई मर्यादित र त्यो डाक्टरले यति कमायो, मा पनि त्यहि हो मैले किन नकमाउने भन्ने भावनाहरू केही हदसम्म कम होलान् । अस्पतालहरुले विभिन्न नयाँ—नयाँ स्किम लिएर आएर बिरामीहरू आफ्नो अस्पतालमा आकर्षित गर्लान् र सँगसँगै चिकित्सकहरुलाई पनि त्यही अस्पतालमा काम गरिरहने वातावरण मिलाउन विभिन्न अवसर प्रदान गर्लान् ।

बिरामीको उपचारमा पनि एकरूपता, सहज, डाक्टरहरु प्रति विश्वास बढ्दै जाने काम पक्का गर्नेछ । ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ हेर्दा जति सजिलो नै भएपनि यसको विभिन्न पाटाहरु केलाउनु पर्नेछ । यो व्यवस्था राम्रोसँग कार्यान्वयन गर्न आर्थिक पक्ष दरिलो र त्यसलाई संस्थागत गरी सबैको हित हुने गरी कसैले आर्थिक भार आम सेवाग्राहीलाई थुप्रने काम नगरी गर्न सके मात्र यो प्रावधानको साँच्चै काम गर्नेछ नत्र लागु भए पनि ट्रायलमा मात्र सिमित हुनेछ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ