×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठअन्तर्वार्ता / विचारप्रदेश २ मा बाल स्वास्थ्यको अवस्था र सुधारका उपाय

प्रदेश २ मा बाल स्वास्थ्यको अवस्था र सुधारका उपाय


प्रदेश नं. २ मा बालबालिकाका स्वास्थ्य अवस्था हेर्ने हो भने बाल मृत्युदर र शिशु मृत्युदर हेरेर विश्लेषण गर्नुपर्छ । यसमा देशभित्रको अवस्था र अन्तर्राष्ट्रिय संकेतलाई हेर्नुपर्छ । देशभित्रको अवस्था हेर्दा बाल स्वास्थ्यको अवस्थामा नवजात शिशु मृत्युदर, बाल मृत्यु दर देशका अन्य प्रदेशभन्दा कर्णाली पहिलो र प्रदेश नं. २ दोस्रो स्थानमा आउँछ ।

बाल स्वास्थ्यको अवस्था हेर्दा जनघनत्व, कुपोषण, बाल मृत्युदर र शिशु मृत्युदरको समस्या धेरै नै छ । यो प्रदेशमा बालबालिका तथा नवजात शिशुमा कुपोषण, निमोनिया, डाइरिया, हाइपोथर्मिया, कजेनाइटल डिफेक्ट जस्ता स्वास्थ्य समस्या बढी देखिन्छ देखिन्छ ।

खोप कार्यक्रम प्रभावकारी बन्दा पहिलाको भन्दा अलि घटेको अवस्था थियो तर पछिल्लो वर्ष भने खोप कार्यक्रममा धेरै नै मेहनत गरेपछि धेरै क्षेत्रमा भएको थियो । कलेज, स्कुलका स्वास्थ्य कार्यक्रमहरु प्रभावकारी चलेको देखिदैन् । आमा समूहको बैठक पनि कमै भएको देखिन्छ । स्वास्थ्यप्रति सचेतना भएको छ भने आमा समूहको बैठक हुन्छ । उहाँहरुले प्राथमिक स्वास्थ्यमा ऐनाको रुपमा भूमिका खेल्नुभएको छ ।

प्रदेश २ मा क्रिटिकल क्योरको कुरा गर्नु पर्दा बच्चाको लागि पेडियाट्रिक आईसीयु (बाल गहन चिकित्सा कक्ष) छैन । सरकारी र निजी अस्पतालमा नै बालबालिकाको लागि आईसीयु छैन । ठूलो व्यक्तिको आईसीयु छ तर बच्चालाई हेर्नको लागि उपयुक्त हुँदैन ।

बाल स्वास्थ्य प्रदेश २ मा दयनीय अवस्थामा छ । निजी सेक्टरमा नवजात शिशुको लागि केही क्लिनिक छन् तर निकै महँगो रहेको छ ।

जनकपुर राजविराज र नारायणी अस्पतालमा पेडियाट्रिक आईसीयु भएपनि दयनीय अवस्थामा छ । हामीले सरकारलाई पहल गरेका छौँ, जसले गर्दा पनि आईसीयु बनिरहेको छ । ३ वर्ष लगातार पहल गरेपछि बजेट आएर निर्माण कार्य भएको छ ।

अन्य रोग हेर्ने हो भने पोस्ट कोभिड—१९ को समस्या पछि अलि कम भएको छ । कोभिडले प्रदेश २ का नागरिकहरुको जीवनयापनमा परिवर्तन ल्याएको छ । किनभने, मानिसहरु स्वास्थ्य प्रति चेतनशील देखिएका छन् । सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने गरेको पाइन्छ । जसले सामान्य रोगका बिरामीहरुको संख्या कम भएको छ । पछिल्लो वर्षको कार्तिकमा अस्पतालका बेड भरिभराउ हुन्थ्यो तर यस वर्ष सबै अस्पतालका बेड खाली थिए ।

बाल स्वास्थ्य कमजोर हुनुका कारण र सुधारका उपाय

गर्भवतीमा हुँदा उचित हेरचाहको अभाव, प्रसुती गराउँदा समस्या भएमा नवजात शिशुको स्वास्थ्यमा समस्या देखिन्छ । पोषणको मात्रा कम हुँदा बालबालिकामा रोग देखिएको छ । हुँदा खाने मात्रै होइन् हुने खानेको परिवारमा पनि सचेतनाको कमी देखिन्छ । हुँदा खानेले बालबच्चाको स्याहार गर्न सकेका छैनन् भने हुने खानेले पनि बालबच्चालाई कस्तो खालको पौष्टिक आहार दिने भन्ने सचेतनाको कमी हुँदा समस्या बढिरहेको छ ।

शिशुलाई दुध मात्रै खान दिने गरेको पाइएको छ । जुन राम्रो होइन् । बच्चालाई विकासक्रमसँगै ठोस आहार चाहिन्छ । मानिसहरुले आमाको दुध ६ महिना खाएपछि गाईको, भैसीको दुध दिने गर्छन् । तर, त्यस्तो गर्नु हुँदैन । दुधका साथै बच्चालाई पोषणयुक्त खानेकुरा खान दिनु आवश्यक छ । दुध पनि मात्रा समय मिलाएर दिनुपर्ने हुन्छ ।

जनचेतनाको कमीले गर्दा बालबालिकामा स्वास्थ्य समस्या देखिरहेको छ । ६ महिनापछि अन्न खुवाउनु भनेर भनिन्छ किनभने त्यो समय न्यूरो र शरीरको विकासका लागि अन्न जरुरी हुन्छ । स्वास्थ्य चेतना बढाउन सकियो भने कुपोषणको समस्या कम हुँदै जान्छ ।

सरकारले पनि यसको लागि कार्यक्रम ल्याएको छ तर यथेष्ट छैन । जस्तैः स्कुल हेल्थ । स्कुल हेल्थ बाल स्वास्थ्यको लागि निकै जरुरी छ । किनभने स्कुलमा आउने बालबच्चाको घरमा अन्य भाइबहिनी हुन सक्छन् । स्कुलमा हामीले पोषणको कार्यक्रम गर्दा विद्यार्थी आफू पनि बुझ्ने गर्छन् र घरमा भएको आफ्नो भाइबहिनीलाई पनि खुवाउन परिवारलाई प्रेरित गर्छन् । हाम्रो सन्दर्भमा भने स्कुल हेल्थलाई प्राथमिकता दिएको देखिदैन् । नेपालीको शरीरको उचाइ कम हुनुको मुख्य कारण भनेको पोषणको कमीले हो । पोषण राम्रो भयो भने मानिसको उचाइ र आयु बढ्ने गर्छ ।

सरकारले ’एक स्कुल, एक नर्स’ भन्ने धारणा नल्याएको होइन् । तर, कार्यावन्यन भएको छैन । नेपालमा स्कुलका लागि आवश्यक पर्ने नर्स नै छैनन् । हामी आफैं पनि ७—८ वटा टोली बनाएर स्कुल हेल्थका कार्यक्रम ल्याउन सक्छौं । बाल स्वास्थ्यको लागि हामीले पोषण स्वास्थ्यबारे सचेतना फैलाउन सक्यौं भने कुपोषणजस्ता समस्या कम हुँदै जान्छन् ।

(जनकपुर प्रादेशिक अस्पतालका बाल रोग विशेषज्ञ डा. सिंहसँगको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार, प्रदेश २


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)