२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारत्रिवि शिक्षण अस्पतालमा ५ वटा सफल कलेजो प्रत्यारोपण : डा. रमेशसिंह भण्डारीको अनुभव

त्रिवि शिक्षण अस्पतालमा ५ वटा सफल कलेजो प्रत्यारोपण : डा. रमेशसिंह भण्डारीको अनुभव


त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण सुरुवात गर्ने मेरो सपना झण्डै दशक अगाडिको हो । यो सुरुवात गर्न निकै समय लाग्यो । म यहाँको १५ वर्षअघिको फ्याकल्टी हुँ । रुचि लिभर प्यानक्रियाज सर्जरीमा । त्यसको पढाइका लागि म विदेश गएँ ।

विदेश पढ्न जाने क्रममा ‘केका लागि जाने’भन्दा मैले ‘नेपालमा पछि गएर कलेजो प्रत्यारोपण सुरु गर्न चाहन्छु’ भने । यही कारण अष्ट्रेलियामा १ वर्षको छात्रवृति पाएँ । त्यहाँ लिभर प्यानक्रियाज सर्जरी गर्ने समयमा कलेजो प्रत्यारोपण गर्ने ठाउँमा पनि गएको थिएँ ।

त्यसपछि पहिले आफैले तालिम गर्नुपर्छ भन्ने लाग्यो । मेलबर्नमा कलेजो प्रत्यारोपण अस्पतालका प्रोफेसरलाई तालिमका लागि अनुरोध गरे । पहिला बस्दा नै राम्रो चिनजान भएको हुँदा मलाई १ वर्षका लागि त्यहाँ बोलाइयो । मेलबर्न पुगेर मैले कलेजो प्रत्यारोपण फेलोसीप गरेँ । त्यसले मलाई झनै नजिकैबाट प्रत्यारोपण कसरी गर्ने भन्ने अनुभव भयो ।

त्यहाँ हेरे, बुझे । सबै देखेबुझेपछि नेपालमा गर्न गाह्रो छ । तर, असम्भव छैन भन्ने लाग्यो । पढाइ सकेर आएपछि नेपालमा यो प्रत्यारोपण गर्ने वातावरण बुझे । धेरैको प्रतिक्रिया लिए । धेरैबाट ग्राहो छ भन्ने कुरा आयो । सबैका कुरा सुनेपछि टिम बनाएर काम गर्न नसकिने केही कुरा हुँदैन भन्ने लाग्यो ।

सर्जरी मात्र ठूलो कुरा हैन रहेछ भन्ने कुरा थाहा भयो । प्रत्यारोपणका लागि उपकरण सेटअपदेखि काबिल टिम निकै महत्वपूर्ण रहेछ । हरेक फिल्डमा मान्छे हुनुप¥यो । रेडियोलोजी, क्रिटिकल केयर, प्याथोलोजीहरुमा ट्रेनयुक्त जनशक्ति हुनुप¥यो । त्यो सबै सोच बनाएपछि ग्राहो त ग्राहो छ तर, नेपालमा कोसिस गरौं भन्ने अठोट लिए । त्यहाँ १ वर्ष सकेर आएपछि साथीभाइसँग सल्लाह गर्न थाले । धेरै जना साथीहरुलाई अनुरोध गरे ।

एक जनालाई पहल गरेर अष्ट्रेलियामै तालिमको व्यवस्था मिलाए । क्रिटिकल केयरका साथी अमेरिका जानुभयो । कोही साथी भारत जानुभयो । त्यसपछि नर्सिङ स्टाफलाई पनि छोटो अवधिको तालिममा पठायौं । कसलाई के मा रुचि छ भनेर सल्लाह ग¥यौं । त्यसका लागि सबैभन्दा पहिला टिम बनायौं ।

दुई वर्ष जति त त्यसको तयारीमा मात्रै लाग्यो । तर, सीपको मात्र तयारी गरेर त भएन्, भौतिक पूर्वाधार पनि चाहियो । त्यसका लागि पनि पैसा चाहियो । अस्पतालले एकैपटक प्रत्यारोपणलाई प्राथमिकतामा राखेर खर्च गर्न ग्राहो । प्रत्यारोपणका लागि बजेट जुटाउन मन्त्रालयतिर गएँ । त्यहाँ मैले आफ्ना कुरा राखे । धेरैले सुन्नुभयो । तर, त्यस्तो प्रभावकारी भएन । त्यही समयमा स्वास्थ्यमन्त्री गगन थापा हुनुन्थ्यो । उहाँलाई मैले पहिलादेखि चिनिरहेको थिएँ । सबै योजना सुनाए । प्रपोजल बुझाइसकेपछि उहाँ इम्प्रेस हुनुभयो । उहाँले तपाई सक्नुहुन्छ भने मद्धत गर्ने तयार छु भनेर प्रतिवद्धता जनाउनुभयो । उहाँले हामीलाई ११ करोड रुपैयाँ बजेट दिनुभयो ।

११ करोड बजेटबाट पूर्वाधार

११ करोड बजेट पाएपछि हामीले आईसीयु बनाउने, सर्जरीका सामानलगायतका अन्य कामहरु १ वर्ष लगाएर सक्यौं । जनशक्ति सेटअप पनि भयो ।

२०७६ बाट कलेजो प्रत्यारोपण सुरु गर्ने भयौं ।

तर, त्यसमा पनि हेल्प गर्ने टिम चाहियो । सुरुमै आफूले नै गर्दा नसकिने होइन्, तर, आफैले गर्दा अलि ग्राहो हुन्छ । यो संसारभरि चलेको नियम हो । सुरुमा गरिरहेका टिमको सहयोग लिएर ५—१० वटा प्रत्यारोपण गर्ने चलन छ । त्यसरी सबै सेट भैसकेपछि अनि लोकल टिमले टेकओभर गर्ने हो ।

त्यही सोचेर म अष्ट्रेलियाबाट पढेर आएको हुँदा अष्ट्रेलियन सर्जनसँग कुरा गरेर मद्दत मागे । तर, लामो दूरीले गर्दा एकदमै असहज हुने भयो । आउँदा—जाँदा पनि अप्ठ्यारो । मलाई त्यति सहज महसुस भएन । उहाँहरुले मद्धत गर्न चाहँदा पनि सम्भव हुन सकेन् ।

त्यसपछि मैले भारतमा केही साथीहरुसँग कुरा राखे । २—३ जना मद्धत गर्न तयार हुनुभयो । सुरुमा अपोलोमा कुरा गरे । त्यसपछि फोर्टिस अस्पतालसँग कुरा गरे, फोर्टिसको टिम सहयोग गर्न राजी भयो । जो अहिले पनि हामीसँग आबद्ध हुनुहुन्छ ।

हामीले लाइसेन्सका लागि पनि अप्लाई ग¥यौ । ३-४ महिना पनि प्राप्त भयो । अब हामी बिरामी खोज्न थाल्यौं । पहिलो प्रत्यारोपण भएकाले बिरामीलाई सम्झाउन पनि निकै गाह्रो भयो । भाग्यवस त्यो बेला छोरी र बुवा पहिलोपटक त्यस्तो केस लिएर आउनुभयो । सबैलाई सम्झाएर सुरु गर्ने भयौं । बिरामीलाई पनि पहिलोपटक भएको भएर डर त थियो । तर, शुल्क कम लाग्ने भयो । पहिलो चरणको तयारी ग¥यौं ।

प्रत्यारोपण सुरु हुने समयसम्म पनि निकै तनाव थियो । के हुन्छ, कस्तो हुने हो भन्ने । पहिलो केस नै असफल भयो भने राम्रो छाप पर्दैन् भन्ने ठूलो चुनौती थियो । तर, आँटेपछि आफूमाथि भरोसा नगरेर पनि सम्भव भएन ।

पहिलो  कलेजो प्रत्यारोपणको उकुस—मुकुस

१७ जेठ २०७६

डोनर पार्टीहरू तयार भए । सबै तयारी पूरा भयो । डाक्टरहरु सबै गरेर २५ जनाको टिमले पहिलो प्रत्यारोपण सक्यौं । अपोलो सहयोगमा त्यो दिन हामीलाई रातभर नै लाग्यो । बिहान बिरामीलाई ओटीबाट आईसीयुमा ल्यायौं । शल्यक्रियामा पनि केहि समस्या भएन । काठमाडौं हात्तीगौडाका एक ६० वर्षीय पुरुषलाई उनकी छोरीले कलेजो दिएकी थिइन् ।

अब बिरामी ठिक हुन्छ हुँदैन भन्ने तनाव सुरु भयो । मिडियाबाट प्रचार—प्रसार पनि भयो । तर, जताततै समाचारहरुमा आइसक्यो । टिम लिडरका हिसाबले फेरि पनि केही भैहाल्ने हो कि भन्ने तनाव मलाई थियो । विस्तारै समय बित्दै जाँदा पहिले डोनरलाई वार्डमा सा¥यौं । त्यसको केही दिनमा बिरामीलाई पनि आईसीयुबाट बाहिरा निकाल्यौं ।

१० दिनपछि डोनर डिस्चार्ज हुनुभयो । ठ्याक्कै याद त भएन त्यसको केही हप्तामै बिरामी अस्पतालबाट डिस्चार्ज हुनुभयो । त्यसपछि बल्ल म ढुक्क भएँ । अनिमात्र मलाई त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गरिएछ भन्ने लाग्यो । पहिलो सफलताले उत्साह पनि बढायो । सुरुमा प्रत्यारोपणको योजना सुनाउँदा मलाई धेरैले गाह्रो छ भन्थे ।

तर, धेरैले त्यसो भनेपनि मैले त्रिवि शिक्षणमा कलेजो प्रत्यारोपण सुरु गर्ने आफ्नो इच्छालाई मार्न सकिन् र लागिरहे । नतिजा पहिलो प्रत्यारोपण सफलतापूर्वक सजिलै सम्पन्न भयो । हुनत कतिले भारतबाट ल्याएर गरेको त हो नि पनि भन्छन् । तर, केही छैन १० वटा प्रत्यारोपणसम्म त हामीले हेल्प लिएर नै गर्ने हो । सुरक्षाका लागि पनि हामीले त्यो गर्नुपर्छ ।

दोस्रोदेखि चौथो प्रत्यारोपणसम्म

पहिलो सफल प्रत्यारोपणपछि बिरामी भेटिन थाले । तर, हामीलाई तयारीकै लागि धेरै समय लाग्यो । फोर्टिसको टिमसँग कुरा गरेर हामीले दोस्रो प्रत्यारोपण तयारी सक्यौं ।

पहिलो कलेजो प्रत्यारोपण सकेको झण्डै ३ महिनापछि

३ साउन २०७६ मा

हामीले दोस्रो प्रत्यारोपण सफतलतापूर्वक सम्पन्न ग¥यो । यो प्रत्यारोपणमा महेन्द्रनगरका ४४ वर्षीय पुरुषमा उनका २६ वर्षीय ज्वाइँ नाता पर्ने पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो ।

त्यो पनि सफल भएपछि हामीलाई झनै हौसला मिल्यो । दोस्रो प्रत्यारोपण गर्ने आफ्नै मान्छे भएकोले पनि मलाई उहाँहरुलाई कन्भिन्स गर्न धेरै समय लागेन् ।

१ कात्तिकमा २०७६ मा

त्रिवि शिक्षण अस्पतालमा तेस्रो कलेजो प्रत्यारोपण भयो । रुपन्देहीका ५० वर्षीय पितामा उनका २७ वर्षीय छोराको कलेजो प्रत्यारोपण गरिएको थियो । तेस्रो केसमा पनि बिरामी हामीलाई विश्वास गरेर आउनुभयो । त्यो पनि सफल भयो । त्यसपछि बिरामीहरु धेरै नै विश्वास गरेर आउन थाल्नुभयो । जसले गर्दा हामीलाई नै एडजस्ट गर्न गाह्रो भयो । तर, एउटा कुरा राम्रो के भयो भने हामीले छानेर बिरामी लिन पायौं । किनभने, प्रत्यारोपण गर्न पनि धेरै कुराहरु मिलाउनुपर्छ । ८—१० वटाको गर्दा बल्ल १—२ जनाको मिलिरहेको हुन्छ ।

२४ माघ २०७६ ।

हामीले चौथो प्रत्यारोपण सम्पन्न ग¥यौं । जसमा काठमाडौंका ५७ वर्षीय बिरामीमा उनकी २७ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको थियो । चारवटा प्रत्यारोपण सम्पन्न गरिसकेपछि पाँचौंको तयारी गर्दै थियौं ।

त्यहीबेला कोभिड—१९ महामारी सुरु भयो । बिरामीलाई अस्पताल आउन—जान गाह्रो भयो, जनशक्ति पनि कम हुँदै गयो । एक दुई महिना गर्दै कोरोना १ वर्षसम्म नै चल्यो । जसले गर्दा हामीले प्रत्यारोपण रोक्यौं । सिस्टम बसिसकेको थियो । तर, एक वर्षपछि फेरि सुरु गर्नुपर्दा अलि तनाव भयो । तर, ४ वटा गरेपछि गाह्रो हुँदैन भन्ने लाग्यो ।

कोभिडपछि त्रिविमा शिक्षण अस्पतालमा हामी मिर्गौला ट्रान्सप्लान्ट कु¥यौं । ६÷ ७ वटा मिर्गौला ट्रान्सप्लान्ट कुनै अड्चन नआइकन सम्पन्न भए । यो राम्रो भएमा लिभर पनि गर्ने कुरा भयो । त्यसको लागि हामीले बिरामी खोज्न थाल्यौं । आउन पनि थाल्नुभयो । हामी उहाँहरुको जाँच गर्न थाल्यौं ।

११ महिनाका बालकको त्यो प्रत्यारोपण

पीएम सर (प्रधानमन्त्री केपी शर्मा ओली)सँग राम्रो चिनजान थियो । एउटा बच्चाको केस छ सक्ने हो-होइन भनेर सोध्नुभयो । नसक्ने होइन्, तर, बच्चाको केस चाहिँ गरेका थिएनौं । त्यसकारण सबै टिमसँग कुरा गरे । हामी पनि तयार भयौं । बिरामीको परिवारलाई विश्वास दिलायौं । हुनसक्ने जोखिम र सम्भावना बतायौं । डेढ महिनाजति जाँच र सेटअप गर्न लाग्यो ।

२९ फागुन २०७७ ।

हामीले पाँचौ प्रत्यारोपण सफलतापूर्वक सम्पन्न ग¥यौं । ११ महिनाको बालकलाई उनका ३५ वर्षीय बुवाले कलेजो दान गरेका थिए । उहाँहरु दुवैमा त्यस्तो कुनै समस्या देखिएको छैन् । डोनरलाई वार्डमा सारिसकेका छौं । अब छिट्टै डिस्चार्ज गर्ने तयारीमा छौँ । बिरामी आईसीयुमा निगरानीमा राखेका छौं ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ