२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘होमियोप्याथिक परम्परागत झारफुकवाला विधा होइन्’

‘होमियोप्याथिक परम्परागत झारफुकवाला विधा होइन्’


हालै भएको अल नेपाल होमियोप्याथिक एशोसियसनको १० औं महाधिवेसनबाट डा. खगेन्द्र कटुवाल अध्यक्ष चुनिएका छन् । १२ सय बढी सदस्य रहेको होमियोप्थाथिक एशोसियएसनको अध्यक्ष चयन भएका डा. खगेन्द्रसँग हेल्थआवाजले एशोसिएसनको आगामी योजना, होमियोप्थाथिकको समस्यालगायत यावत विषयमा केन्द्रीत रहेर गरेको कुराकानीः

एसोसिएसनको महाधिवेशनबाट अध्यक्षमा चुनिनुभयो । अबका जिम्मेवारी के हुन् ?
पोखरामा हालै १० औं राष्ट्रिय महाधिवेसन सम्पन्न भयो । जसबाट म अध्यक्षमा निर्वाचित भए । अहिले यस एसोशिएसनको चुनौती भनेको होमियोप्याथी अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भैसकेको छ । तर, नेपाललगायतका केही देशहरुमा भने स्थापित हुन बाँकी रहेको अवस्था छ । यो एसोसिएसनको राष्ट्रिय सम्मेलन र राष्ट्रिय महाधिवेसनले खासगरी होमियोप्याथी चिकित्सालय स्थापित गर्ने र यसको सान्दर्भिकता र उपयोगिताबारे समाजमा प्रस्तुत गराउने र निरोगी अभियानमा लाग्नको लागि सरकारीस्तरबाट पनि थुप्रै काम गराउनुपर्नेछ । एसोसिएसनबाट आफैले पनि केही निर्णय गर्ने र महत्वपूर्ण काम सम्पादन गर्नुपर्नेछ ।

हरेक देशमा होमियोप्याथीको आफ्नै काउन्सिल छ । अब हामीले पनि नेपालमा यसको अलग्गै काउन्सिल बनाउनु पर्नेछ । तर, नेपालमा भने वि.सं. २०५३ को ऐनले भने संयुक्त रुपमा प्यारामेडिक्स र ननमेडिकलमा राखेको छ जुन एकदम गलत छ । अब हामीले यसका लागि सम्भव भएमा काउन्सिल बनाउने नभए छाता काउन्सिल बनाउने विकल्प हुन्छ । हामी आफै एनएचपिसीमा बसिराख्ने कुरा हुँदैन । हाम्रो सरकारी स्वामित्वको पशुपति अस्पताल हरिहर भवनमा छ । हाम्रो आफ्नै जग्गा र आफ्नै डाक्टर छन् । उहाँहरुले रजिष्ट्रारको काम गर्नु हुन्छ ।

हाम्रो छुटै विधा हो । एचए र एमडी पास गरेको डाक्टरहरु पनि त्यही होमियोप्याथी चिकित्सालयमा भएको हुँदा स्वास्थ्य मन्त्रालयअन्तरर्गतको उक्त अस्पतालमा नै काउन्सिल बनाउने, अनुगमन गर्ने, नियमन गर्ने, फार्मेसीहरुको व्यवस्थापन गर्ने जनशक्तिलाई सदुपयोग गर्ने गरी काम अगाडि बढाउँछौं ।

आयुर्वेदिक, एलोप्याथिकको डेस्क स्वास्थ्य मन्त्रालयमा छ । तर, होमियोप्याथीको डेस्क छैन । यसका लागि हामीले आवाज उठाएका छौं । यसको लागि कलेज खोल्नुप¥यो, लोकसेवा खुलाउनुप¥यो । महानगरपालिका, ७ वटै प्रदेशमा यसको सेवाहरु सरकारीस्तरबाट विस्तार गर्दै सबै पालिकाबाट होमियोप्याथीको सेवा दिनुप¥यो । हुने खाने र सहरका नागरिकले मात्र होमियोप्याथीको प्रयोग गर्ने होइन्, बाँच्नको लागि सबै नागरिकले उक्त सेवा पाउनुपर्छ । यदि यो प्रणाली नै गलत हो भने बन्देज लगाउनुप¥यो । किन हामी उर्जा खेर फाल्नु । सही छ भने व्यवस्थित रुपमा अघि लैजानुपर्दछ ।

नेपालमा होमियोप्याथी स्वास्थ्य प्रणाली सेवाको सुरुवात कहिले भएको हो ?
खासमा यो राणाकालबाट नै सुरु भएको देखिन्छ । पहिले होमियोप्याथी सेवा राजपरिवारका मानिसहरु र सहर केन्द्रित नागरिकले लिने रहेछन् । वि.सं. २००७ सालमा अखिल नेपाल होमियोप्याथी एसोसिएसन स्थापना भएको थियो । जसको अहिले म अध्यक्ष भएको छु । त्यति पूरानो संस्था भएपनि गति लिन नसक्नुका थुप्रै कारणहरु छन् । त्यसमा आन्तरिक, समाज र सरकार सबैका समस्या रहेका छन् । वि.सं. २०१० मा सरकारी प्रयास भएको देखिन्छ । त्यस समय पशुपति होमोप्याथी चिकित्सालय बन्यो । तर, विकेन्द्रित भने हुन सकेन् ।

स्थापना भएको ६३ वर्ष नाघिसक्दा जनमानसमा यसको विश्वास किन हुन् सकेन ?
विश्वास यसमा धेरै छ । हजारौं निजी क्लिनिक ठाउँ–ठाउँमा चल्छ, भिडभाड पनि भैरहन्छ । तर, सरकारीस्तरबाट गाउँ—गाउँ पुग्नु प¥यो । सिमित केहि ठाउँमा मात्र हुनु भएन भन्ने हाम्रो कुरा हो ।

तपाईंहरु चिकित्सक भनेर दावी गरिरहँदा एलोप्याथिकको नेपाल मेडिकल काउन्सिल छ, आयुर्वेदिकको आयुर्वेदिक काउन्सिल छ तर, तपाईहरु त्यता नमागेर किन एनएचपिसी धाउनुहुन्छ ?
हाम्रो संख्या कम भएको भएर त्यस समय दर्ता गर्ने कुरा अन्धाधुन्द थियो । त्यो वि.स.२०५३ सालको ऐनको आधारमा हो । अरु व्यवस्था थिएन । काम भइरेको थियो । त्यो समय हामीले आवाज उठाउन सकेनौं । ऐनले गर्दा बाधा भयो । त्यो कुरा पूरानो भयो । हामी पनि बनाउनेतर्फ लाग्दैछौं । हामी विश्वभर नै चिकित्सक नै भनेर चिनिन्छौं । अब हामी नयाँ ढंगले अघि बढ्ने छौं । विकास बोर्ड, काउन्सिल र विश्व विद्यालयमा राख्ने, पाठ्यक्रम बनाउने जनशक्ति नेपालमै उत्पादन गर्नेजस्ता काम हामी अघि बढाउनका लागि हामी प्रयास गर्छौ ।

पाठ्यक्रम बन्न नसक्नुको कारण चाहिँ के हो ? नीतिगत समस्याले हो वा सरकारबाट केही हुन नसकेको ?
यसमा नीतिगत समस्या, सरकार र सिंगो समाज हाम्रो कमजोरीले गर्दा हो । मानिसमा जनचेतना कमी छ । यसलाई विशिष्ट विषयमा राखिएको छ । आयुर्वेदिक र अलोबेरा प्राचीन चिकित्सा पद्दति हो । एलोपेथिक डाक्टरहरुले मात्र होमियोप्याथी पढ्न पाउने हो, जोसुकैले पढ्न नपाउने व्यवस्था युरोपबाट आएको हो । सुपरस्पेशियालिटी पद्दति हो । उन्नत खालको हो । जनशक्ति उत्पादनमा कमी हुनेदेखि गाउँगाउँमा यसको सेवा जान पाउदैन् भनेर यो भारतले भने सिधै आइएस्सी पास गर्नेले ५ वर्षे कोर्समा होमियोप्याथी पढ्ने व्यवस्था बनायो । जसका जनशक्ति हाकी केही नेपालमा पनि छौं ।

होमियोप्याथिक परम्परागत झारफुकवाला विधा होइन । यो नवीनतम अलि फरक प्रकारको उपचार पद्दतिबाट हो । विश्वभर नै प्रख्यात रहेको छ । कोरोनाको लागि पनि प्रतिरोधात्मक क्षमता बढाउनेजस्ता उपचार होमियोप्याथीभित्र पर्छन् । प्राकृतिक रोग निको पार्न पनि होमियोप्याथी उपचार पद्धति सक्षम छ । यसमा विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर नयाँ प्रविधियुक्त छ । प्रविधिको अवधारणा नै होमियोप्याथीले ल्याएको हो । यसले नै सुरु गरेपछि अन्य चिकित्सा विधाले प्रयाग गरे । भ्याक्सिन चाहिन्छ भन्ने कुरा, विस काट्न विष नै चाहिन्छ भन्ने कुराको अवधारणा नै होमियोप्याथीले ल्याएको हो ।

आम नेपालीमा जे रोग लागे पनि एकै प्रकारको ‘सेतो ट्याब्लेट’ दिने गर्छन भन्ने गुनासो सुनिन्छ नि ?
त्यो भ्रम हो । हामीले बुझाउन सकेका छैनौँ । एलोप्याथीमा पनि त्यस्तै सेतो पिठोवाला औषधी दिने हो । ट्याब्लेट एकै देखिएपनि त्यसमा भएको तत्व र गुणस्तर फरक हुन्छन् ।

कोरोनाको समयमा आयुर्वेदिक औषधीको धेरै कुरा भयो । तर, होमियोप्याथीको खासै चर्चा भएन नि ? सुरुमा बाँडने भन्ने भयो पछि विवाद आयो नि ?
सरकारी अस्पतालको तथ्यांक हेर्दा यो सेवा लिएका एउटा मात्रै कोरोनाका बिरामी अस्पतालमा भर्ना गर्नुप¥यो । पछि निको हुनुभयो । ३६ हजार जना व्यक्तिलाई औषधी वितरण भएको रहेछ । स्वस्थ रहने र इम्युनिटी बढाउनमा होमियोप्याथिकको राम्रो नतिजा देखियो । विश्वको तथ्यांक हेर्दा १ देखि २ प्रतिशत मात्र होमियोप्याथिक औषधि चलाएका संक्रमितको मृत्यु भयो । हामीले यो कतिको प्रभावकारी भन्ने दर्जनौं प्रमाणहरु प्राप्त गरेका छौं । कोरोनाकालमा विश्वभर नै यसको औषधी चलाइएको थियो । र, यसले राम्रो काम गरेको पनि पाइएको छ । यो पद्दति भनेकै शरीरमा भएको इम्युन सिस्टमलाई बुस्ट गर्ने र भाइरसलाई मार्ने हो ।

कोरोनाको विषयमा प्रयोग भएको औषधिमा राज्य सेन्सेटीभ छैन भनेर तपाईंहरु अदालत जानुको कारण के हो ?
सरकारले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाएर मैले एक्लै मुद्दा दायर गरेको हुँ । यो गरिरहँदा विभिन्न अवरोध आयो । कोरोनाकालमा हाम्रो पनि प्रोटोकल जारी भयो । तर, कार्यावन्यन हुन सकेन् । विश्वले होमियोप्याथी औषधी चलाइरहँदा नेपालमा चलाइएन् । यी हिसाबले हामी अदालत गयौं । यो औषधीको प्रभावकारिता प्रमाणित छैन र विषालु छ भन्ने सामाजिक संजालमा बढी कुरा आए । एलोप्याथिकका चिकित्सकले समेत होमियोप्याथी विरुद्ध बोलेको छन् । जसले गर्दा जनमानसमा झन भ्रम पैदा भयो ।

होमियोप्याथीमा देखिएका कमी—कमजोरीलाई कसरी सुधार्ने सकिन्छ ?
यसका लागि काउन्सिल बनाउनु पर्छ । सरकारले जिम्मेवारी लिएर यो विद्याको चिकित्सक हो वा होइन् भन्ने कुरा जाँच्न परीक्षा लिनुपर्छ । कसैले गतल गरेको भए पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्छ । र, यो विद्यालाई व्यवस्थित गर्नतिर लाग्नुपर्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ