२०७९ असार १०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमहासचिव भइसकेपछि अध्यक्षको दावेदारी स्वभाविक हो

महासचिव भइसकेपछि अध्यक्षको दावेदारी स्वभाविक हो


पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरको प्याउलीमा जन्मेर विराटनगरमा हुर्केका डा. लोचन कार्की हाल नेपाल चिकित्सक संघका महासचिव हुन् । बंगलादेशबाट एमबीबीएस गरी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)बाट इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरेका छन् । उनी महासचिव भएको चिकित्सक संघको अधिवेशनको संघारमा छ । संघको केन्द्रीय सदस्य, सह–सचिव हुँदै महासचिव बनेका डा. कार्की आफूलाई स्वतः अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । कार्कीसँग अध्यक्ष दावी गर्नुका आधार, पछिल्लो समय चिकित्सा क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायका विषयमा केन्द्रीत रहेर हेल्थ आवाजले गरेको कुराकानीमाः

स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र चिकित्सकमाथि नियमित रुपमा आक्रमणका घटना सत्तहमा आइरहेका छन् । यसका लागि मुख्य जिम्मेवार को हो ?

सबैभन्दा ठूलो जिम्मेवार सरकार हो । देशमा शान्ति, नियम, अनुशासन बनाउनुपर्ने जिम्मेवारी राज्यको हो । राज्यमा कानुनहरु छन्, ती कानुनलाई कार्यान्वयनमा ल्याउने काम पनि राज्यकै हो । तोडफोड हुनु, हातपात गर्नु भनेको कानुन हातमा लिनु हो, चाहे त्यो डाक्टरले गरोस चाहे पेसेन्ट पार्टीले । कानुन हातमा लिने कसैलाई पनि अधिकार छैन् । कानुन हातमा लिदा पनि राज्य टुलुटुलु हेरेर बस्नु राज्यको कमजोरी हो । कानुन हातमा लिने जोसुकै होस राज्यले समातेर कारवाही गर्ने हो भने देशमा अमनचयन हुन्छ । तर, कानुन कागजमा छन्, प्रयोग भएनन् या गरिदैनन् ।

अहिले भएकै कानुनबाट नै पनि अधिकांस त्यस्ता गतिविधीलाई कानुनी दायरमा ल्याउन सकिने ठाउँहरु छन् । सार्वजनिक मुद्धादेखि लिएर विभिन्न कानुनमार्फत कडाभन्दा कडा कार्वाही गर्न सकिन्छ । अझ यस्ता घटनाहरु नहुन भनेर हामीले जुन जेल विथआउट बेल भन्ने कुरा ल्याएका छौं । यदि त्यो कानुन आएमा चिकित्सकहरु अझै सुरक्षित हुन सक्छन् ।

अर्को स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धि ऐन–२०६३ र नियमावली–२०६९ छ । त्यस ऐनमा कारवाहीको ब्यवस्था गरिएको छ । तर, सजायहरु कम राखिएको छ । अर्को कुरा त्यो ऐन नै कसैलाई थाहा छैन् । सिडियोलाई थाहा नहोला, पुलिसलाई थाहा नहोला । सो ऐन नेपाल मेडिकल काउन्सिलले लामो संघर्ष गरेर ल्याएको हो । ऐनलाई समयसापेक्ष परिमार्जन गर्न विभिन्न आन्दोलन भएका थिए । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सो ऐनमा जेल विथआउट बेल थपेर परिमार्जन गर्न सहमति भएको थियो । जसका लागि समिति बनेर ड्राफ्ट तयार भएको थियो । सो ड्राफ्ट कानुन मन्त्रालयको रायसहित अहिले क्याबिनेटमा गएको अवस्था छ । क्याबिनेटबाट पार्लियामेन्टमा गएर त्यो चेन्ज हुनुपर्छ । समय लाग्ला ।

अवस्था जेल विद आउट बेल बिना चिकित्सक सुरक्षित हुनै नसक्ने अवस्थामा पुगेको हो ?
जेल विद आउट बेल हामीले छिमेकी मुलुकहरुमा हे¥यो भने यो लागु अवस्थामा छ । अष्ट्रेलियामै पनि कुटपिट ग¥यो भने १३ वर्षभन्दा बढी जेल सजाजको व्यवस्था छ । अमेरिका, बेलायत सबैतिर छ । जेल विथ आउट बेल त छदैंछ विभिन्न स्टेटहरुमा कन्ज्युमर एक्टहरु पनि चेन्ज गरेर एकदमै एग्रेसीभ रुपमा अघि बढिरहेको छ । सबैभन्दा मुख्य कुरा एकातिर कानुन बन्नुप¥यो अर्को हाल भएकै कानुनलाई तदारुकताका साथ कार्यान्वयन गर्नुप¥यो ।

तर, अब हुल जता आउँछ, राज्यले पनि हुलकै कुरा सुन्छ । राज्य चलाउने नेताले हो, नेतालाई एकजना डाक्टरको त एक भोट आउने हो । तर, वरिपरिका मान्छेहरुको कुरा सुन्यो भने त्यो नेता उताकै सेन्टिमेन्टमा जाने भयो । अर्को कुरा हुलमुलमा आइसकेपछि गन पोइन्टमा बन्दुक राखेर जेमा पनि सही गराउन सक्छन् । त्यस्तो अवस्था सिर्जना गरेर तोडफोड गरिसकेपछि ज्यानै लाने कुरा गर्ने, कुटपिट गरिसकेपछि एकदम नैतिक रुपमा पनि गाह्रो हुन्छ । हस्पिटलले पनि करोडौंको क्षति हुनुभन्दा १०/२० लाखको क्षतिपूर्ति दिएर हुन्छ कि भनेर भित्र–भित्र सहमति गरिदिन्छन् । हुलहुज्जतले फोड्न थालिसक्छन्, भित्र भिड आइसक्छ, मानिस मर्न आँटिसक्यो, मार्न आँटिसक्यो अनि इमर्जेन्सी रेस्क्युलाइ नै प्रथमिकता दिन्छन् । त्यो अवस्थामा राज्यले इन्टरभेन्ट गर्नुपर्ने हो । तर, राज्य र पुलिस प्रशासनले त्यो इन्टरभेन्ट गरेको देखिदैन् ।

चिकित्सक, अस्पतालहरुमा पनि कमजोरी देखिन्छ कि देखिदैन् ?
सबैभन्दा प्रमुख कुरा कमजोरी कहाँ भएको छ भन्ने छानबिन हुनुप¥यो । कमजोरी देखिन्छ भने कारबाही गर्नुप¥यो । हस्पिटल, डाक्टर जो दोषी देखिन्छ, कारबाही हुनुप¥यो । तर, निष्पक्ष जाँच हुनुप¥यो । अहिले मुलुकी ऐन आइसकेपछि मुलुकी ऐनको उपचार सम्बन्धि महलको दफा ३१ देखि ४० सम्म छ । त्यसमा सिधै चिकित्सकलाई जेल हाल्न सक्ने प्रावधान थियो । हामी लडेपछि परिमार्जन भएको छ । कम्तीमा विज्ञहरुले छानविन गरेपछि मात्र मुद्धा चल्ने–नचल्ने अवस्थामा पुगेको छ । त्यो परिवर्तन नगरेको भए आज सायद सबै डाक्टर जेलमा हुन्थे । मेडिकल काउन्सिलको अध्यक्षतामा त्यहाँ सह–न्यायधिवक्ता, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उपभोक्ता गरेर ५, ६ जनाको टिम बनाएको छ । त्यो टिमले छानविन गरिसकेपछि दोषी पायो भने अदालतमा केश पठाउँछ र अदालतले कारवाही गर्छ । डाक्टरको गल्तीले तपाईंका हात काटियो, अब मलाई जेल हाल्दैमा तपाईंलाई त केहि पनि फाइदा छैन् । तर, तपाईंको यो हात लस भएबापत तपाईंको जीवनभरमा कति रुपैयाँ बराबरको लस भयो ? त्यो कम्पेन्सेसन मैले तपाईंलाई दिनुपर्छ । जस्तैः कसैको छोरा म¥यो, त्यो छोरा जिउँदै हुन्थ्यो भने बाउलाई उसले जीवनभर पाल्थ्यो होला नि त । त्यो अनुसार अमेरिकातिर कम्पेन्सेसन तिराउँछ । लाखौं तिराउँछ, करोडौं तिराउँछ । जेलमा मात्र हालिदिएर त्यो बुढो बाबुले न्याय पाएन नि । जो मान्छेलाई पीडित छ, उसले मुद्धा जित्दा केहि कम्पेन्सेसन पाओस्, जीवनलाई सजिलो होस् । त्यहि भएर विदेशतिर कुटपिट हुँदैन । अदालतमा गइन्छ । कतिको लस भयो, त्यो बराबरको कम्पेन्सेसन गराइन्छ ।

नेपालमा त कुनै केसको मुद्धा प¥यो भने वर्षौसम्म थाँती राखिन्छ । अनि ?
यो त सिस्टमको गल्ती हो, हाम्रो गल्ती होइन त होइन् । कानुन चुस्त दुरुस्त हुनुप¥यो । न्यायाधीश पुगेका छैनन्, न्यायाधीश थप्नुप¥यो । अब त्यसो भन्दै गर्दा पनि न्याय पाउनेले त पाइ नै रहेका छन् । डाक्टरले कम्पन्सेसन दिएको, सस्पेन्ड भएका थुप्रै केशहरु छन् । अदालतमा त साँच्चै ज्यान मारेको केस पनि त लम्बिएर कति पुगेको छ नि । मानव तस्करका कति पुगेका होलान् । चेलिबेटी बेचबिखनका पुगेका होलान् । अब छिटो छरितो गर्ने त अदालतको जिम्मेवारी हो ।


अलिकति एनएमएतिर फर्कौं, एनएमएको अबको कार्यदिशा के हो ?

नेपाल मेडिकल एसोसिएसन नेपालकै सबैभन्दा पूरानो एनजिओ हो । ३० जना डाक्टरबाट सुरु भएको संस्था आज लगभग ८–९ हजारको हाराहारीमा आइपुगेको छ । अहिले त संस्थाको नयाँ भवन बनेको छ, सुरुमा त एउटै कोठामा मेडिकल काउन्सिल पनि त्यहिं थियो, एसोसियसनले नै काउन्सिलको काम गथ्र्यो । स्थापना हुँदादेखिकै लक्ष्य भनेको डाक्टरहरुबीचको एकता, हक अधिकार, सेवा र राज्यलाई नीति बनाउने कुरामा सहयोग गर्ने संस्थाको काम हो । अब भविष्यमा ३ वटा कुरालाई हेर्नुपर्छ । चिकित्सक माथि बढेको असुरक्षालाई न्यूनीकरण गर्ने हो । सबैले बुझ्नुपर्ने कुरा चिकित्सक जोगियो भने उसले बिरामी बचाउन सक्छ । यो क्षेत्रलाई सुरक्षित बनाउन सकिएन भने आउने पुस्ता डरले यो पेशामा नआउलान् कि भन्ने चिन्ता बढेको छ । भोलि गएर मेडिकल क्षेत्रमै कम डाक्टर आउन थाले भने यसै पनि कम डाक्टर भएको बेला झनै समस्या हुन्छ । दोस्रो कुरा, भएकै डाक्टर पनि विदेश गै देलान् भन्ने डर भयो । अझ यसलाई आकर्षित बनाउनको लागि पैसाको कुरा पनि हामीले यहाँ जोड्नुपर्छ । सामान्यतः कुनै पनि पेशामा आफूले जति पनि इन्भेष्ट ग¥यो त्यसको लगानी ५ वर्षभित्रमा फर्किसक्नुपर्छ भन्ने मान्यता छ । तर, हामी कहाँ यत्रो लगानी गरेर ८ औं तहको डाक्टर बन्दाखेरि जम्मा ३४/३५ हजारमा काम गरिरहनु परेको छ । कहिले सावाँ–ब्याज उठाउँछ भन्ने थाहा छैन । एउटा डाक्टर १० वटा इन्स्टिच्युटमा काम गर्न बाध्य छ ।

अर्को कुरा भनेको अन्डरग्राजुयटबाट पोष्ट ग्राजुयट अध्ययनका लागि बीचमा भएको खाडल हो । अन्डरग्राजुयट एमबीबीएस निस्केको निस्कियै छ । पोष्ट ग्राजुयटको सिट एकदमै कम छ । एक वर्षमा २ हजारभन्दा बढी एमबीबीएस उत्पादन हुन्छन् । तर, पोष्ट ग्राजुयटको सिट संख्या जम्मा १०० हाराहारीमा छ । त्यसकारण पोष्ट ग्राजुयटका सिट संख्याहरु बढाउनुपर्ने कुराहरु छन् । युथ डाक्टरहरुलाई आकर्षण गर्न हामीले एकेडेमिक प्रोग्रामहरु गरिरहेका छौं । थप अरु कार्यक्रमहरु कसरी लैजान सकिन्छ, जुनियर डाक्टर विङ पनि स्टार्ट गरिसकेका छौं । उनीहरु आफैंलाई उनीहरुकै नेतृत्वमा काम गर्न दिएका छौं । त्यसैले अब नयाँ डाक्टरहरुलाई अपनत्व, महत्व बुझाएर एनएमएलाई छाता संगठन बनाउनुपर्छ । साना–साना टुक्रामा विभाजित सबैलाई एक ठाउँमा ल्याएर एउटै सामूहिक छातामा ल्याउन जरुरी छ । अहिले हामीले यो भवनमा थुप्रै संगठनलाई ल्याइसकेका छौं । भोलि गएर झन् युनाइटेड हुन सक्छौं भन्ने कुरा छ ।
बाँकी रह्यो कानुनका कुराहरु । कानुनमा पनि थुप्रै कुराहरु परिमार्जन गर्नुपर्ने छ, अहिले समायोजनका कुरा छन्, अग्र्यानोग्रामका कुरा छन्, क्लिनिसियनलाई ११ औं १२ औं तहमा पुग्न बाटो बन्द गर्ने, थुप्रै इस्युहरु छन् । त्यसकारणले अब यी सबै विषयहरुमा अघि बढ्नुपर्छ ।


एकछिन चुनावको कुरा गरौं । तपाईं उम्मेदवारी केमा ?

(हाँसो) हेरौं के हुन्छ । महासचिव भइसकेपछि अध्यक्षको दाबेदार हुनु स्वभाविक भयो ।


त्यो दाबीका आधारहरु के–के हुन् ?

म अध्यक्षको दाबेदार हुँ या होइन भन्ने कुरा यस संस्थामा तीन वर्ष मैले महासचिवका रुपमा गरेको कामको मूल्यांकनले पनि बताउँछ । मान्छेले बोल्नेभन्दा पनि उसको कामले बोलोस् भन्ने मान्यता म राख्छु । यो तीन वर्षको कार्यकालमा महासचिवका रुपमा मैले आफ्नो पदलाई कत्तिको जस्टिफाई गरें या गरिन भन्ने कुरा सायद मैले भन्दा पनि मेरो समकालीन, सहकर्मी, अग्रज तथा यसका सदस्यहरुले नजिकबाट हेरिरहनुभएको छ । उहाँहरु सबैले मुल्यांकन गरिरहनुभएको छ भन्ने लाग्छ ।

मेडिकल एसोसिएसन दुई वटा कुराले एकदम महत्वपूर्ण छ । एउटा त संगठन हो, अर्को कुरा सबैभन्दा ठूलो छाता संगठन हो । यसको नेतृत्वमा जानको लागि संगठनलाई राम्रोसँग चिनेको र बुझेको मान्छे हुनुपर्छ । मैले आफ्नो बारेमा कुरा गर्दा म केन्द्रीय सदस्य, सह–सचिव भएर महासचिवसम्म भइसक्दा मैले मेडिकल एसोसिएसनलाई राम्रोसँग चिनेको छु । अहिलेसम्म भएका यसका गतिविधिमा म प्रत्यक्ष संलग्न छु । कुन काम कहाँ पुगेको छ, कुन कामलाई पु¥याउन बाँकी छ भन्ने कुरा भोलि अर्को मान्छे आउँदा उसलाई बुझ्नैमा टाइम लाग्छ । कुन फाइल स्वास्थ्य मन्त्रालयमा, कुन कानुन मन्त्रालयमा, कुन अर्थ मन्त्रालयमा भन्ने कुरा बुझ्नमै नयाँ मान्छेलाई टाइम लाग्ला । मलाई भने भोलिदेखि नै त्यसलाई क्यारी ओभर गर्नलाई सजिलो छजस्तो लाग्छ ।

अर्को कुुरा यो संस्थाको भ्यालु पनि बुझ्नपर्छ, संस्थाको गरिमा पनि बुझ्न जरुरी छ । स्वास्थ्य नबुझेको कोही नयाँ मान्छे स्वास्थ्यमन्त्री भयो भन बुझ्नै एक वर्ष लाग्छ । भलै तिक्ष्ण भनिएका गगन थापा नै स्वास्थ्यमन्त्री भएर आउँदा उहाँलाई पनि २÷३ महिना टाइम लाग्यो । अध्यक्षमा नयाँ मान्छे आयो भने ३ वर्ष चाहिँ त्यो बुझ्दा बुझ्दै सक्कियो भने त उसले केहि प्रोडक्टीभ काम गर्नै सक्दैन् ।


तीन वर्षमा के के काम गर्नुभयो ?

तीन वर्ष थुप्रै कामहरु भए । मुलुकी ऐनका कुरा ग¥यौं, भ्याटबाट हटाउने कुरा ग¥यौं, आफ्नै भवनमा सर्ने काम पनि एक हिसाबले ठूलो उपलब्धि भयो । नयाँ जेनेरेसनलाई एकेडेमिक रिसर्चका थुप्रै कामहरु हामीले लिएर आएका छौं । प्रा.डा. गोविन्द केसीको अनसनको बेलामा कम्तिमा पनि उहाँहरुलाई मर्नबाट बचाउने काम ग¥यौं । हामी मैदानमा नआएको भए राज्यले त सिद्धाइसकेको थियो । हाम्रो लडाईंसँगै चिकित्सा शिक्षा आयोग आएको छ । यो तीन वर्षमा जति मेडिकल एसोसिएसनको चर्चा सुनियो, त्यति चर्चा अरु संस्थाको सुनिदैन् । मेडिकल एसोसिएसन छ है भन्ने कुरा चिनाउने काम गरियो । यी सबै काम गरेको हिसाबले र महासचिवपछि अब अध्यक्ष नै हो जस्तो लाग्छ ।


अध्यक्षको दाबी गरिरहँदा अबको एनएमए हाँक्नको लागि आफ्नो कस्तो टिम होस् भन्ने लाग्छ ?

म त के चाहन्छु भने पहिलो नम्बरमाएउटा त नेपाल मेडिकल एसोसिएसनलाई बुझेको मान्छे हुनुपर्छ । किनभने, कति कुरा बाहिरबाट हेर्दा सहज लाग्छ, गर्न गाह्रो छ । जस्तो कोहि मान्छे बाहिर बस्दा सजिलो लाग्छ तर प्रधानमन्त्रीको कुर्सीमा बसेपछि थाहा हुन्छ कि त्यहाँको डिफिकल्टिज के हो । मेडिकल एसोसिएसनको पनि एउटा दायरा छ । त्यो दायरामा बसेर साख जोगाएर काम गर्नुपर्छ । त्यसकारण एक त मेडिकल एसोसिएसनलाई बुझेको मान्छे चाहिन्छ । दोस्रो कुरा मेडिकल एसोसिएसनलाई टाइम दिने मान्छे चाहिन्छ । हामी डाक्टरहरु सबै ब्यस्त छौं । आउन चाहन्छौं, आउछौं । तर, जति टाइम दिनुपर्ने हो, त्यति टाइम दिन सकिरहेका हुँदैनौं । कोहि पढ्न हिडिदिन्छौं, कोहि आफ्नो प्राक्टिसमा व्यस्त हुन्छ । त्यसैले मेडिकल एसोसिएसनलाई माया गरेर अलिकति यसलाई टाइम दिएर म यहाँबाट केहि पाउँछु भन्दा पनि केहि न केहि योगदान दिन्छु भन्ने जुझारु, सक्रिय टिम बनोस् भन्ने म चाहन्छु । जसबाट नयाँ–नयाँ इनोभेटिभ आइडिया आओस्, यसको पारदर्शितालाई झनै पारदर्शि बन्न मद्धत पुगोस । जो मान्छेलाई टाइम दिन सक्दैनजस्तो लाग्छ, उ नआइदिए हुन्छ ।


स्वीकारे पनि नस्वीकारे पनि अघोषित पार्टीगत प्यानल बन्छ है ?

होइन पहिलेदेखि नै छ । मेडिकल एसोसिएसन तपाईंले हेर्नुभयो भने डा. केदारको पालादेखि, अहिले मुक्ति दाइको पालासम्मै त्यस्तो देखिदैं आएको छ । अब पनि नहोला भन्न सकिदैंन् ।


डेमोक्रेटिक धारमा चुनाव जित्नभन्दा पनि टिकट पाउन गाह्रो भन्छन् नि ?

सबैभन्दा पहिले म के स्पष्ट गर्न चाहान्छु भने मेडिकल एसोसिएसन नन पोलिटिकल अर्गनाइजेसन हो । त्यसकारणले मलाई यस्तो टिम चाहिएको छ, अथवा म भइन भने पनि जोसुकै यहाँ आउँदाखेरी पनि कुनै पनि पार्टीको झण्डा बोक्नेभन्दा पनि नन पोलिटिकल र प्रोफेसनल सबैलाई समेटेर लैजाने खालका मान्छेहरुको टिम बन्नुपर्छ ।

डेमोक्रेटिकभन्दा मान्छेले कांग्रेसको झण्डा बोक्ने बुझिदिन्छन् । तर, त्यो होइन । मेरो व्यक्तिगत बुझाई डेमोक्रेटिक भनेको प्रजातन्त्रमा विश्वास गर्ने साथीभाइहरु हुन् । डेमोक्रेसीमा विश्वास गर्ने कांग्रेस मात्र छैन, विवेकशील पनि हो । अरु थुप्रै पार्टीहरु बनिसके । प्रजातान्त्रिक विचार बोक्ने साथीहरुको टिम हो । त्यसकारणले त्यो एउटा पाटो रह्यो । मेरा साथीभाइलाई सोध्दा पनि थाहा हुन्छ संस्थामा आइसकेपछि मैले कसैसँग पनि पार्टीको कुरा गरेको छैन र गर्नेवाला पनि छैन् । चुनाव भनेकै दुई जना लड्ने हो । दुई जना लड्दा दुई वटा ग्रुप त बनिहाल्छ । एउटा विचार हुने एउटा कित्तामा आउँछ, अर्को विचार हुने अर्को कित्तामा आउँछ । त्यो स्वभाविक हो । चुनावको नतिजा जे भएपनि पछि सबैजना एक ठाउँमा आउनुपर्छ । अहिले कलियुगको शक्ति भनेकै संघ हो । संगठन नै सबैभन्दा ठूलो शक्ति हो । त्यसैले हामी संगठित हुन जरुरी छ, पूर्वाग्रह राख्न जरुरी छैन् ।


अनि टिकटको कुरा नि ?

टिकटको जुन प्रश्न तपाईंले सोध्नुभयो । त्यो चाहिँ सायद किन होला भनेदेखि डेमोक्र्याटिक कित्तामा मान्छे धेरै छन् । मान्छे धेरै भएपछि प्रतिस्पर्धा हुनु त स्वभाविक हो । त्यसकारण आकांक्षीहरु थुप्रै हुन्छन् । टिकटभन्दा पनि अर्को फ्याक्ट कुरा म तपाईंलाई बताउन चाहन्छु । टिकट हाम्रो पार्टीले दिंदैन, कांग्रेसले दिने होइन । हाम्रो के चलन छ भने सामान्यतयाः पार्टीका साथीहरुले इन्टरफेयरेन्स गर्ने चलन छैन । आउट गोइङ अध्यक्षको अन्डरमा एउटा कमिटी बन्छ, जसमा पुराना अध्यक्ष, महासचिवहरु बस्नुहुन्छ । उहाँहरु बसेर को चाहिँ अब आउने टिमको लागि राम्रो होला, कसलाई उठाउँदा ठीक हुन्छ भन्ने कुरा उहाँहरु ३ देखि ५ जनाको समितिले सल्लाह गरेर छान्ने हो ।


एनएमएमा राजनीतिक लेप लाग्यो भनेर आरोप लाग्नुको कारण के हो ?

त्यो त गलत हो । मैले अघि नै भनिहालें, यदि कोहि पनि साथिहरुले आएर यो कारणले यहाँ यहाँ राजनीतिकरण गरेको छ भन्छन् भनेर प्रमाणित हुन्छ भने मैले गर्नुपर्ने के हो म त्यो भोग्न तयार छु । यसको प्रमाण नै म के दिन्छु भने, हामीलाई कांग्रेससँग जोडेर हेरिरहँदाखेरि सबैभन्दा लामो आन्दोलन हामीले कांग्रेस सरकारको पालामा गरेका छौं । सबैभन्दा लामो आन्दोलन हामीले नवमीको दिनसम्म, ६ देखि ७ दिन इमर्जेन्सीबाहेक लगातार बन्द गरेका छौं, जुन बेला शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो ।

बरु, केपी ओली प्रधानमन्त्री भैसकेपछि मुलुकी ऐनको लागि सांकेतिक भनेर हामीले एकदिन मात्र बन्द गरेका छौं । डा. गोविन्द केसीको नाममा एक दिन मात्र सांकेतिक विरोध ग¥यौं । तर, शेरबहादुर देउवाको पालामा ६/७ दिन हामीले लगातार ग¥यौं । दशैैं तिहार पनि भनेनौं । हामीलाई कांग्रेससँग जोडेर हेर्ने हो भने हामीले आन्दोलन नै नगरेको भए हुन्थ्यो । लिडर हामी नै थियौं । तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कुनै पनि बिरामी तलमाथि भएको पाइएमा जो सम्बन्धित डाक्टर त्यहीबाट पैसा तिराउने खालको एउटा निर्णय भएको थियो । हामीले त्यसको तत्कालै विरोध ग¥यौं । तत्काल विरोध गरेपछि ३ दिनभित्र सच्याउने कमिटमेन्ट आएको थियो । सच्चाउँछौं भनेर कमिटमेन्ट आइसकेपछि हामीले चुप लागेर बसिदिएको भए हुन्थ्यो । तर, हामीले त्यो सँग जेल विथ आउट बेल जोड्यौं । त्योसँग हामीले स्यालरीका कुरा जोड्यौं, सेक्युरिटिका कुराहरु जोडेर हामी आन्दोलनमा होमियौं । लड्नुपर्छ, यहि बेला हो भनेर हामीले लडेर शेरबहादुर देउवा प्रधानमन्त्री नै लड्यौं ।

मैले के भन्न खोजेको भने यदि हामी उतातिर ढल्केको भए, हामी पात्र हेर्दैनौं । मेडिकल एसोसिएसन चिकित्सकीय व्यवसायिकतामा कुनै पनि गलत चिज हुन्छ भने जोसुकै पात्र भए पनि हामी लड्छौं ।


बुँदागत रुपमा एनएमएको तीन वर्षे कार्यकालका लागि गर्नुंपर्ने कामहरु के–के हुन् ?

अबको तीन वर्षे कार्यकालमा हामीले एकदमै नयाँ काम गर्न जरुरी छैन । हामीले जे काम सुरु गरेका छौं ती काम पुरा गर्न मात्र सक्यौं भने पनि त्यो ठूलो उपलब्धि हो । जस्तै जेल विथ आउट बेल अहिले क्याबिनेटसम्म पु¥याएका छौं, त्यसलाई पार्लियामेन्टभित्र पु¥याएर पास गराउने । दोस्रो स्यालरीको पनि यहि कार्यकालमा स्वास्थ्य मन्त्रालयबाट एउटा कमिटी बनाएर सिफारिस गरेका छौं । त्यसलाई अर्थ मन्त्रालयमा पु¥याएर सहमति बनाएर लागु गर्न सक्यौं भने दोस्रो अचिभमेन्ट हुन्छ । मुलुकी ऐन सुधार भएर राजपत्रमा आइसकेको छ । सजायको पार्टमा ‘र’ लाई ‘वा’, ‘वा’ लाई ‘र’ बनाउन बाँकी छ । त्यसमा कमिटमेन्ट भइसकेको छ, त्यो हुन्छ ।

यो बाहेक अर्को सबैभन्दा ठूलो चुनौती भनेको यो तीन वर्षमा हामी बीचमा जुन साना–साना संगठन बनेका छन् । ती सबैलाई नेपाल मेडिकल एसोसिएसनमा ल्याउनु हो । अहिले हामीले जुनियर विङ बनाएजस्तो सरकारी हेर्ने सरकारी विङ, गैरसरकारी हेर्ने गैरसरकारी विङ बनाए त मेडिकल एसोसिएसन अन्तर्गत नै ती विङहरुले सम्बन्धि काम गर्ने कमिटी बनाएर त्यो कामहरु गरुन् । यहि संगठनलाई दह्रो बनाउने काम अर्को एउटा चुनौतीको विषय हो । संगठनलाई अझ दह्रो बनाउनको लागि जुन सदस्यता छ, त्यसलाई राइज गरेर सबैलाई यसको मेम्बर बनाउनुपर्छ । हाम्रो लोगोमा लेखे जस्तो युनिटी, फेटेरनिटी र सर्भिस भन्ने कुरा रियल रुपमा यो कार्यकालमा गराउन सकियो भनेदेखि मलाई लाग्छ अरु ठूलो कुरा केहि पनि गर्न पर्दैन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)