२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारउमेरसँगै बढ्ने पेट र बोसो किन संगीन स्वास्थ्य समस्या, के गर्ने ?

उमेरसँगै बढ्ने पेट र बोसो किन संगीन स्वास्थ्य समस्या, के गर्ने ?


सेल्फी खिच्दा पेट पनि बेस्सरी भित्र खिच्नु भएको छ ? कम्मरको साइज बढेर हरेक महिना वा वर्ष नयाँ पाइन्टको इन्तजाम गर्नु परेको छ ? जीवनको मध्यान्तर यो हामी धेरैको समस्या हो । आफू स्कुल पढ्दाको सिकुटे ज्यानसँग तुलना गरेर आफूलाई के भयो भनेर सोच्नु भएको छ ?

अनि त्यो पुट्ट उछिट्टिएको भुँडी घटाउँन व्यायाम, आहारमा सन्तुलन ल्याउँन खोज्दा—खोज्दै हैरान भएर जेसुकै होस भनेर हरेस खानु भएको छ ?

कलिलो उमेर छँदा सलक्क परेको भुँडी मध्यान्तरमा आइपुग्दा किन यसरी आफ्नो आयतनलाई विस्तार गर्न पुग्छ ? कि यो अब निस्किसकेको टुथपेष्टजस्तै हो, फेरि भित्र छिराउन असम्भव ?

धेरै मानिसलाई के भ्रम छ भने उमेर बढ्दैं गएपछि हाम्रो शररीरको अपाच्य शक्ति (metabolism)मा ह्रास हुँदै जान्छ । त्यसैको फलस्वरुप यो पेटको र कम्मरको आयतन बढ्नु अवश्यंभावी छ । हालैका अध्ययनहरुले के देखाएका छन् भने ६० वर्षको उमेरसम्म हाम्रो अपाच्य शक्ति झण्डै २० वर्षको मान्छेको जस्तै हुन्छ ।

तैपनि जीवनको मध्यान्तरमा यो अतिरिक्त बोसो किन ? अध्ययनले के देखाएको छ भने २१—५५ को बीचमा प्रति वर्ष हाम्रो तौल १/२-१ केजीले थपिइ राख्छ । यो मोटोपनाले हाम्रो शरीरभित्रका अंगहरु पनि बोसोले लिप्त हुन्छन् । बोसोका कोषहरुले अनेक रसायन निकाल्छन् र तिनका कारण शरीरमा इन्सुलीन (insulin) भन्ने हर्मोनले काम कम गर्न थाल्छ । तिनै रसायनले रोग प्रतिरोधात्मक क्षमतामा ब्यापक ह्रास ल्याउँछन् । र, मधुमेह, क्यान्सर, मुटुको रोगजस्ता दीर्घ रोगहरुले प्रश्रय पाउँछन् ।

लगभग १ इन्च कम्मरको बोसो बढ्दा शीघ्र मृत्युको सम्भावना १० प्रतिशतले बढ्छ । यसैले यो जीवनको मध्यान्तरमा बढ्ने पेट/कम्मरको बोसोलाई संगीन समस्याका रुपमा बुझ्न जरुरी छ ।

महिलाहरुमा रजोनोवृत्ति (manopause) सुरु भएपछि एस्ट्रोजन (Estrogen) मा कमी हुन्छ । नितम्ब र जाँघमा भएको बोसो घट्छ तर आँतको बोसो (Intestinal fat) बढ्छ ।

पुरुषमा पनि ४५ वर्ष कटेपछि टेस्टोस्टेरोनको कमी कम्तिमा २५ प्रतिशत मा देखिन्छ । यसका विविध कारणहरु छन् । यसको कमीले मांशपेशीमा घटोत्तरी र बोसोमा बढोत्तरी हुन्छ । शरीरको मध्यभागमा बोसो बढाउन सहयोग गर्छ ।

निद्रा र जीवनका मध्यान्तर

कम निद्राले हाम्रो निर्णय क्षमतामा कमी ल्याउँछ । हाम्रो संकल्पशक्ति क्षय हुन्छ । उचित आहार, व्यायाम कम गर्ने बनाउँछ । कम निद्राले शरीरमा Leptinभन्ने हर्मोनको कमी हुन्छ र Ghrelin भन्ने हर्मोन बढाउँछ । भोक बढाउने endocannabinoids तत्वहरु बढाउँछ । समष्टिमा थोरै निद्रा, धेरै बोसोको सहायक बन्छ ।

तनाव र मध्यजीवन

मध्यजीवन धेरै तनावहरुको संगम हो । आजीविका (carceral) को उच्च विन्दु । बालबच्चा र आमाबुवाको हेरचाह एकै पटक गर्नुपर्ने अवस्था । स्वास्थ्य समस्याको सम्भावना आदि/इत्यादि । फलस्वरुप शरीरमा कर्टिसोल (cortisol) ह्वात्तै बढ्छ । यसले निद्रा कम हुन्छ । भोक बढाउँछ । परिणामः मध्य शरीरको आयतन विस्तार ।

मध्यशरीरको आयतन जीवनको मध्यान्तरमा बढाउन जैविकी (Biology), वातावरण र आचरण सबैले भूमिका खेलेका हुन्छन् ।

के गर्न सकिन्छ ?

क. पर्याप्त निद्रा
एकदिनमा तपाईं कम्तिमा ७ घण्टा सुत्नुहुन्न भने अल्पाहार, उपवास वा अरु खानाको परहेजले खासै काम गर्न सक्दैन् ।
साधारण कुराबाट सुरु गर्नुस्ः नियमित एकै समयमा सुत्ने, नीलो किरण निकाल्ने यन्त्रहरु (फोन, ट्याबलेट इत्यादि) सुत्ने कोठामा नराख्ने । अध्यारो र शान्त राख्ने आफ्नो सुत्ने कोठा । पेय पदार्थ नपिउने ।

ख. आहार
ताजा तरकारी, फलफूल धेरै । पत्रु खाजाहरुबाट टाढै बस्ने । चिनीजन्य खानेकुरा कम खाने ।

ग. व्यायाम
नियमित व्यायाम । तपाईंको कम्मर, भुँडी तथा तलिय पनि नियमित ब्यायामका प्रशस्त फाइदाहरु छन् ।

यो पनि पढ्नुस् 

किन हुन्छ चिकित्सकमाथि दुर्व्यवहार ?


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ