२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमानसिक अस्पतालका निर्देशक भन्छन्, ‘हामीले प्राविधिक रुपमा ठूलो फड्को मारेका छौं’

मानसिक अस्पतालका निर्देशक भन्छन्, ‘हामीले प्राविधिक रुपमा ठूलो फड्को मारेका छौं’


डा. अनन्तप्रसाद अधिकारी मानसिक अस्पतालका निर्देशक हुन् । मुलुककै मानसिक स्वास्थ्यको रेफरल सेन्टरका रुपमा रहेको मानसिक अस्पतालको नेतृत्वमा डा. अधिकारी गत पुसमा आएका हुन् । ५० बेडको मानसिक अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सक, २ जना साइकोलोजिष्ट, २ जना मेन्टल हेल्थ पढेका नर्ससहित सबैगरी ९० जना जति कर्मचारी कार्यरत छन् । झण्डै ८ महिनाअघि नेतृत्व लिएयता भएका प्रगति, नेपालमा मानसिक स्वास्थ्यको अवस्थालगायतका विषयमा हेल्थआवाजले डा. अधिकारीसँग गरेको कुराकानीः

निर्देशक भएपछि अस्पतालका कामकाजहरु कसरी अघि बढिरहेको छ ?
पहिला प्रदान भइरहेका सेवा देखिने कामहरु आर्थिक वर्षमा गर्न खोजेका थियौं । एक दुईवटा काम पूरा भए केही काम भैरहेका छन् । मानसिक स्वास्थ्य उपचारमा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ । पुरानो ढंगले मात्र उपचार गरेर हुँदैन भनेर काम ग¥यौ । यहाँ हामीबाट प्रदान गरिने सेवा अन्य अस्पतालमा पनि भएकोले गर्दा अलि पृथक ग¥यौ भनेर अपडेटेड ‘टिट्रमेन्ट बेस्ड इभिडेन्स टेक्नोलोजी’ प्रयोग गरौँ भनेर गत वर्ष नेपाल सरकारसँग केही बजेट रकम मागेका थियौं । हामीले केही रकम प्राप्त गरेका थियौं । रिपिटेटिभ ट्रान्सक्रयानियल म्याग्नेटिक स्टिमुलेसन (आरटीएमएस) खरिद गरेका छौं, जसले केही रोगहरु जस्तै औषधीले काम नगर्ने खालको डिप्रेशन, अबसेसिभ कम्पल्सीभ डिसअर्डर, नेगेटिभ लक्षण देखिएको सिजोफेर्नियाका बिरामीहरुको लागि प्रभावकारी देखिएकोले खरिद ग¥यौ ।

मस्तिष्कको लोकलाइजेसन पहिचान गर्न नसकिने भएको हुँदा सप्लिमेन्टको रुपमा न्युरो न्याभिकेशन सिस्टम भन्ने सिस्टम, जसको काम ब्रेनको पार्टलाई स्टिमुलेसन गर्नका लागि लोकेट गर्ने सिस्टम स्थापना गर्न सफल भयौं । टिडीसएस प्रविधि पनि भित्र्यायौं । जसमा विद्युतीय माध्यमबाट उपचार हुन्छ । यसलाई परिस्कृत तरिकाको अत्याधुनिक मेसिन ल्यायौं । यसमा सिजरहरु प्रयोग हुँदैन्, यो दुई प्रविधि हामीले ल्याएका छौं, जसको उद्घाटन हुन् बाँकी छ । यो मानसिक स्वास्थ्यका क्षेत्रमा प्राविधिक रुपमा ठूलो फड्को हो ।

पूर्वाधारको कुरा गर्नुपर्दा बिरामीको संख्या बढी, शैय्याको संख्या कम भएको हुँदा यसको संख्या वृद्धि गर्नको लागि तला थपेका छौं । पानीको दुःख थियो, बिरामीले पनि धारा खोलेर त्यसै जाने पनि हुँदा खपत बढी हुन्थ्यो । खाने पानी विकास बोर्डले यसको समाधानका लागि रेन वाटर हार्बेस्टिङ प्रविधिको स्थापना गरि दिँदै हुनहुन्छ । त्यस्तै, बिरामीहरुको सहजताका लागि वाटर एटीएमको व्यवस्थाको काम अन्तिम चरणमा छ ।

सेवाका कुरा गर्नुपर्दा ओपिडीजस्ता सामान्य सेवा त छदैंछन् । तीबाहेक स्याटलाइट क्लिनिकको रुपमा नुवाकोटको त्रिशुली प्रादेशिक अस्पतालमा महिनाको एकदिन ओपिडी चल्छ । त्यस्तै, वीर अस्पतालमा साताको दुई दिन ओपिडी मानसिक अस्पतालको तर्फबाट चल्छ ।

मेसिन बेस्ड दुई प्रविधिले मानसिक स्वास्थ्य उपचारमा कस्तो टेवा पु¥याइरहेको छ ?
कुनै मानसिक रोग यस्ता हुन्छन्, जुन औषधीहरु लामो समयसम्म सेवन गर्दा पनि सामान्य अवस्थामा ल्याउन गाह्रो हुने दीर्घकालीन रोगहरु जस्तैः सिजोफेर्नियाको नेगेटिभ लक्षण बढी भएका, स्थिलता आउने, एक किसिमको निकम्मापन देखाउने बिरामीहरु पनि हुन्छन्, त्यस्ता बिरामीहरु, अबसेसिभ कम्प्लेसिभ डिसअर्डर भएका बिराम, साइकोथेरापीले प्रभावकारी नभएका बिरामी, औषधीले नछुने वर्षौंदेखिको क्रोनिक डिप्रेसनमा पुगेका बिरामीहरुमा यो एकदम प्रभावकारी सिद्ध भएको उपचात पद्धति हो । जुन हामीले यस वर्षबाट संचालनमा ल्याएका हौं । जुन खुसीको कुरा हुन् ।

अस्पतालका सेवाहरुको अवस्था कस्तो छ ?
वहिरंग सेवा, अन्तरंग सेवा, साइकोलोजिकल सर्भिस अर्थात मनोचिकित्सक परामर्श तथा उपचार, प्रयोगशालाका माइक्रो बायोलोजिकलबाहेकका सेवा, एक्स–रे जस्ता सेवाहरु छन् ।

त्यस्तै, लागु पदार्थ दुर्व्यसनमा लागेका बिरामीहरुको उपचार सेवा जसलाई मौखिक प्रतिस्थापन पद्धति पनि भन्छौं । कडा खालका लागुपदार्थ सेवन गर्ने व्यक्ति जसले ब्राउन सुगर, अफिमजन्य पदार्थ, सुइँबाट लागु पदार्थ लिने बिरामीको जीवन रक्षा होस्, एचआईभी, हेपाटाइटिसजस्ता सुइँबाट सर्ने सरुवा रोग नलागोस् र उनीहरुको सामाजिक, पेसागत सबै पक्ष राम्रो होस् भनेर हामीले सेवा दिइरहेका छौं । कडा खालका लागु पदार्थ सेवन गर्ने बिरामीहरुमा हानीरहित तरिकाले मात्रा मिलाएर औषधी दिने गरेमा सामाजिक जीवन राम्रो हुने भयो । त्यस्तो खालको उपचार सेवा हामीसँग छ ।

फरेन्सी साइक्रयाटिकको विकास भइसकेको छैन । मानसिक रोगका बिरामीहरुसँग सम्बन्धित कानुनी मुद्धाहरु पनि धेरै आउने गर्छन् । कति बिरामीहरु जेलमा छन् । केही न केही शारीरिक आनीबानीमा आएको बेलामा अपराध हुनसक्छ । उनीहरु त बिरामी थिए, उनीहरुको उपचारका गर्नुपर्ने बिरामीलाई जेलमा साइक्यास्ट्रिकको दरबन्दी हुनुपर्ने हो । तर, छैन भएपनि पदपूर्ति नभएको हुँदा हामीले नै हेरिरहेका हुन्छौं । हामीले बिभिन्न जेलबाट आएका मनो बिरामीलाई हेर्ने, परामर्श दिने काम पनि यहाँबाट हुन्छ । जनशक्ति उत्पादन गर्छौं, मानसिक स्वास्थ्यसँग सम्बन्धित स्कील म्यानपावर उत्पादन गर्छौं । एमडी साइक्रयास्टिकहरु जुन हामीले वर्षको दुई जना उत्पादन गर्छौं । जुन चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान, वीर अस्पतालअन्तर्गत १० वर्षदेखि चलिरहेको कार्यक्रम हो । अहिलेसम्म २२ जना जति विशेषज्ञ चिकित्सक उत्पादन भइसकेका छन् ।

नेपालमा मानसिक रोगको अवस्था के छ ?
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले दुई वर्षअघि गरेको अनुसन्धानले २५ प्रतिशत जनसंख्यामा कुनै न कुनै खालको मनो रोग छ भन्ने देखाएको छ । उपचार गर्नुपर्ने तर उपचारको पहुँच बाहिरको संख्या बढी देखिन्छ । विश्व स्वास्थ्य संगठनले ८५ प्रतिशत मनोबिरामी उपचारबाट वन्चित छन् भन्ने देखाएको छ, हाम्रो हकमा पनि त्यस्तै हो । अझै पछाडि छौं भन्ने अनुमान छ ।

हाम्रोमा बढी कडा खालका मनोरोगका बिरामी आउने हुन्छ । तर, यसको मतलब कडा रोगका बिरामी बढी छन् कि भन्ने देखिन्छ तर केन्द्रीय रिफरल अस्पताल भएको हुँदा यहाँ बढी आउने हो । देशव्यापी हेर्दा डिप्रेशन र एन्जाइटीका बिरामीहरु बढी नै छन् । सबै अस्पतालहरुमा मानसिक रोगको विभाग छैन । प्रायः फिजिसियन र कार्डियोमा जाने हुँदा रिपोर्ट अन्डर भएको पनि छ ।

वहिरंग र अन्तरंग सेवा लिनेको संख्या कति ?
गत वर्ष ३६ हजार जनाले ओपिडी लिएको देखिएको छ भने अन्तरंग सेवा ७/८ सय जना जतिले लिएका छन् ।

सेवा विस्तार गर्ने योजना कसरी अगाडि बढिरहेको छ ?
सपना देखेअनुसार केही काम भएका छन् । सरकारले पनि मानसिक स्वास्थ्यमा चासो दिन थालेको छ । मानसिक स्वास्थ्य रणनीति कार्य योजना भनेर सरकारले एडप्ट गरेको छ । त्यसमा अस्पतालको स्तरोन्नतीको कुरा समावेस छ । त्यससँगै एकीकृत रुपमा यो सेवा प्रदेशस्तर÷समुदायस्तरसम्म मानसिक स्वास्थ्यको पहुँच बढाउनुपर्छ । स्वास्थ्य सेवाको मूल प्रवाहमै राखेर लग्नुपर्ने रणनीतिमा छ ।

अस्पतालकातर्फबाट पनि ओएनएम सर्वे गर्ने भन्ने छ । जुन प्रकियामा छ भन्ने बुझिन्छ । धेरै वर्ष यसमा प्रयास भएका हुन्, यसपटक चाहिँ सायद सर्वे सम्पन्न भयो भने आधारभूत संरचना विकासका लागि शैय्या संख्या थप्ने र सामुदायिक मेन्टल सर्भिस दिने गरी स्याटलाइट क्लिनिकलाई विस्तार गर्ने, टेलीमेन्टल हेल्थ कार्यक्रम संचालन गर्ने योजनाका लागि बजेट प्रस्ताव गरेका छौं । आत्महत्या रोकथाम हटलाइन सेवाका लागि हामीले प्रयास गरेपछि हाम्रैबाट ११६६ सेवा थपिएको छ । यसमा धेरै त बिरामी पनि आएका छन् । प्रभावकारी भएपनि सबैलाई चेतना नभएको हिसाबले कमी चाहिँ छ ।

अस्पतालको मुख्य चुनौती र सम्भावना के रहेका छन् ?
शैय्याको संख्यामा कमी हो । यो बढाउन सकियो भने राम्रो हुन्छ । अर्को वर्षसम्म आफ्नै स्रोतबाट भएपनि केही संख्यामा थप भएमा बाहिर बिरामी पठाउनु पर्दैन भन्ने छ । ३ सय शैय्या बनाउने सोच अनुसार यसका लागि गृहकार्य पनि भएका छन् । मास्टर प्लान नै डिजाइन भएको छ । क्यान्टिन भत्काएर ५ तला भवन निर्माण गर्ने भनेर भवन विभागमार्फत मास्टर प्लानअन्तर्गत रकम आएको भन्ने छ । अहिले सरकारको थोरै प्राथमिकतामा भएपनि मानसिक स्वास्थ्य परेको छ ।

मेन्टल हेल्थ धेरै सम्भावना बोकेको क्षेत्र हो । पछिल्ला १० वर्षमा मेन्टल हेल्थ प्रमुख रोगमै आउँछ । देशभर जम्मा २ सय मनोविज्ञ छन् । यो क्षेत्रलाई विस्तार गरिएन् भने जनशक्तिले काम नपाउने बिरामीले उपचार नपाउने हुने हुन्छ । अस्पताललाई स्तरोन्नती गर्नुपर्छ । मनोरोग विभाग प्रदेशस्तरमा खडा गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा मेडिकल अफिसरहरुलाई तालिम दिइरहेका छौं । ६०/७० प्रतिशत मेन्टल हेल्थको इस्यु एउटा टास्क सिफिटिङ् मेडिकल अफिसरलाई तालिम दिएर जिल्लास्तरमै सेटल गर्ने र अलिकति समस्याग्रस्त भएका बिरामीहरुका लागि रिफरल सिस्टम बनाउने भन्ने उद्देश्यले ४४ जिल्लामा तालिम चलाइसकेका छौं । यसमा तालिम हामी दिन्छौं, स्वास्थ्य सेवा विभाग र डब्लुएचओको पनि बेलाबखतमा सहयोग हुन्छ । टेलीमेन्टल हेल्थको दोलखा, इलाम, डोटीका स्वास्थ्यकर्मीलाई समस्या सहजीकरण गर्ने गर्छौं ।

मानसिक स्वास्थ्यमा अहिले प्रमुख रोगहरु के के छन् ?
सतहमा देखिएको रोगमध्ये एन्जाइटी, डिप्रेसन, भोइलेन्समा परेर आउने बिरामीहरु आइरहेका छन् । जुन चेतनाले गर्दा पनि बढेका छन् । तर, पहिलाजस्तो साङलामै बाँधिएका बिरामी आउने संख्यामा कमी आएको छ । अस्पताल जाने, परामर्श लिने चेतना विकास भएको छ । आत्महत्याका ८५ प्रतिशत केस मानसिक रोगसँग जोडिएका हुन्छन्, जति छिटो रोग पहिचान भै उपचार भयो त्यही आत्महत्या न्यूनीकरण हुने हुन्छ ।

समाजमा मनोरोका बिरामीलाई हेर्ने दृष्टिकोणमा केही फरक त आएको छ । तरपनि अहिले बिरामीलाई कलंकित गर्ने, रोग लुकाउने, समस्या परेमात्र आउने अस्पताल र कानुनी विभेद पनि छन् । निर्वाचनमा उम्मेदवारी दिन परेमा (मानसिक रोग भएमाजस्ता कुराहरु समावेश छन्) नपाउने कुरा छन् । सबैतर्फबाट मानसिक स्वास्थ्यलाई अन्य रोगजस्तै गरी हेर्ने वातावरण निर्माण अहिलेको आवश्यकता हो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ