२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारके हो ‘भेक्टर सर्भिलेन्स’ ? किन जरुरी छ ?

के हो ‘भेक्टर सर्भिलेन्स’ ? किन जरुरी छ ?


नेपालमा किटजन्य रोगहरुको प्रकोप बढ्दै गइरहेको यथार्थ हामी सामु प्रष्टै छ । औलो, डेंगु जापानिज इन्सेफलाइटिस, कालाज्वार, हात्तीपाइले आदि रोगहरु गराउने कारक जीवहरु लामखुट्टे वा लामखुट्टेजस्तै किटाणुहरुको माध्यमबाट सर्ने गर्दछन् । यी रोगहरु लामखुट्टेबाट हुने होइन् तर लामखुट्टेको टोकाइबाट सर्ने रोहरु हुन् ।

लामखुट्टे वा किटाणुले बिरामी मानिसको रगत चुस्दा यी रोग गराउने कारक जीवहरु पनि चुस्छ र लामखुट्टेमा संक्रमित एक तहको जीवनचक्र सम्पन्न गर्छन् । र, पुनः लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा यी रोगका कारक जीवहरु स्वस्थ मानिसको रगतमा प्रवेश गर्छन् र रोगका लक्षणहरु उत्पन्न गराउँछन् ।

रोगका कारक जीवाणुहरु लामखुट्टे वा किटाणु बिना आफै स्वस्थ मानिसको शरीरमा अन्य माध्यमबाट प्रवेश गर्न सक्दैनन् । त्यसैले लामखुट्टे वा किटाणु माध्यम (भेक्टर) बन्ने रोगलाई किटजन्य रोग (भेक्टर बर्न डिजिज )भनिन्छ

किटजन्य रोगहरुमा बिरामी उपचार सँगसँगै लामखुट्टे वा किटाणुको बारेमा अध्ययनअनुसार र जानकारी हुनु अति नै आवश्यक छ । भेक्टरको विविध पाटोहरुका बारेमा अध्ययन गर्ने विधिलाई ‘भेक्टर सर्भिलेन्स’ भनिन्छ । लामखुट्टेका विभिन्न प्रजातिहरु र ‘भेक्टर’को काम गर्ने लामखुट्टेबाहेक अन्य किटाणुहरुको अध्ययन र अनुसन्धान नियमित भइरहनुपर्ने विषय हो ।

नेपालमा हाल ‘भेक्टर सर्भिलेन्स’का गतिविधिहरु शुन्यप्रायः छन् । महामारीका रुपमा रोग देखा परिसकेपछि मात्र हामी सबैको ध्यान त्यसतर्फ केन्द्रीत हुन् यस्ता गतिविधि–घट्नु प्रमुख कारण हो । अहिले हाम्रो देश डेंगु र जापनिज इन्सेफ्लाइटिसको ‘महामारी’को अवस्थामा छ । ‘भेक्टर सर्भिलेन्स’ नियमित भइरहेको भए सायद हामी यस्तो विकराल अवस्था सिर्जना हुनबाट जोगिन सक्थ्यौं । अथवा हामीसँग पूर्व तयारी गर्ने समय हुन्थ्यो ।

‘भेक्टर सर्भिलेन्स’ किटजन्य रोग सार्ने किटाणुहरुको चालचलन, आनीबानी, तिनीहरुको प्रकार, स्वरुप परिवर्तन, भौगोलिक अवस्थितिलगायतका विषयमा अध्ययन गर्ने एउटा विधि हो । माथि नै भनेझैं यो प्रकोप बढेपछि मात्रै खोजविन हुनुपर्ने वा सुरु हुनुपर्ने विषय पटक्कै होइन् । हाम्रो जस्तो बढ्दो अव्यवस्थित सहरीकरण र स्वास्थ्य सचेतना कम भएको ठाउँमा त झन यो वर्षभरी नै हुनुपर्ने विषय हो । हिमालमा कसरी तराई अथवा उष्ण भूभागमा हुने रोगहरु देखा परे त ? पोहोर सालको भन्दा यो साल किन डेंगु र इन्सेफ्लाइटिसको प्रकोप बढ्यो त ? डेंगुमा पहिलेका तुलनामा मृत्यु दर बढी किन हुँदैछ त? यी र यस्तै यावत प्रश्नहरुको उत्तर ‘भेक्टर सर्भिलेन्स’ बिना सम्भव छैन ।

मानव बसोवास र लामखुट्टेबीच हाम्रो जस्तो देशमा अन्योन्याश्रित सम्बन्ध छ भन्दा हुन्छ । हाम्रो हरेक गतिविधिहरुले लामखुट्टेका संख्यामा वृद्धि गराउने अवस्था त छ नै सँगसँगै जलवायु परिवर्तनको पनि उत्तिकै महत्व छ । तापहरुमा वृद्धिसँगै लामखुट्टेको संख्यामा वृद्धि हुन गएर यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुरा पनि पुष्टि भइसकेको विषय हो किटजन्य रोगहरुको प्रकोप न्यूनीकरण र जनस्वास्थ्यको प्रवद्र्धनका निम्ति प्रकोप बढेका बेलामा रोग पत्ता लगाएर माग पुग्दैन् । प्रकोपका पछाडिका विविध आयाम खोज्न अत्यन्तै जरुरी छ । र, यसको समाधान नियमित ‘भेक्टर सर्भिलेन्स’ नै हो ।

(डा. बंगाले कीटजन्य रोग अनुसन्धान केन्द्रका निर्देशक हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)