२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा थप ७५ जनामा कोरोना पुष्टि

कर्णालीमा थप ७५ जनामा कोरोना पुष्टि


सुर्खेत – कर्णालीमा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ५३, दैलेख अस्पतालमा १६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच र रुकुमपश्चिम प्रयोगशालामा गरिएको परीक्षणमा एक जना गरी ७५ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये सुर्खेतका ३७, दैलेखका २३, कालिकोटका पाँच, रुकुमपश्चिम, सल्यान, डोल्पा र जाजरकोटका एक ⁄ एक र अन्य प्रदेशका तीन जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार आठ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५० जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको कुल संख्या तीन हजार ६ सय पाँच पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ