२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा पोषण पुनर्स्थापना गृह सञ्चालन

जुम्लामा पोषण पुनर्स्थापना गृह सञ्चालन


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जुम्लामा पोषण पुनर्स्थापना गृह सञ्चालन गरेको छ । प्रतिष्ठानको कार्यक्षेत्र पर्ने १३ जिल्लाका सिग्र कुपोषण बालबालिकालाई पोषणयुक्त बनाउनका लागि पोषण पुनर्स्थापना गृह संचालनमा ल्याएको हो ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालन गरेको हो । जमुना नेपाली, चन्दननाथ नगरपालिका ३ की जमुना नेपालले बच्चाको स्वास्थ्य तथा पोषण अवस्था पहिला निकै अहिले निकै सुधार भएको बताइन् ।

उनले भनिन्, ‘२० दिन पोषण पुनर्स्थापना गृहमा बस्दा निकै सुधार पोषणयुक्त भएका घर फर्किएका छौँ । बच्चालाई घरमा पोषणयुक्त खानेकुरा ध्यान दिनुपर्ने सुझाब र सल्लाह प्राप्त भएको छ । सिंजा गाउँपालिकाकी दिलमाया रावतका अनुसार बच्चा कुपोषित भएर यहाँ पोषण पुनस्थार्पना गृहमा भर्ना गरेका छौँ । बच्चालाई पोषणमा सुधार हुने अपेक्षा गरिएको छ । पहिला भर्ना भएका बच्चा पोषणयुक्त भएर घर फर्किएका छन् ।

प्रतिष्ठानले १६ फागुनदेखि पोषण पुनर्स्थापना गृह सञ्चलानमा ल्याएर निशुल्क सेवा गर्दै आएको छ । पोषण पुनर्स्थापना गृहमा हाल भर्ना भएका ५ जना कुपोषण बालबालिका मध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाएको छ । २० दिनसम्म पोषण पुनर्स्थापना गृहमा भर्ना गरी पोषणयुक्त बनाएर घरमा पुनर्स्थापना गरिएको पोषण पुनर्स्थापना गृहका संयोजक निशान्त लामाले बताए ।

उनले भने, ‘कर्णाली प्रदेशका १० जिल्लासहित सुदुरपश्चिमका ३ जिल्लाका कुपोषण बालबालिकालाई पोषण पुनर्स्थापना गृहमा भर्ना गरी पोषणयुक्त बनाउन आग्रह गरिएको छ ।’

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नसिङ प्रमुख सविना थापाका अनुसार कुपोषित बालबालिकालाई २० दिनमै पोषणयुक्त बनाएर घर पठाउन सकेका छौँ । कर्णालीमा जतिपनि कुपोषित बालबालिका छन् ।,’उनले भने, ‘उनीहरुको पोषणमा सुधार ल्याउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनस्थार्पना गृह सञ्चालनमा ल्याएको हो।  कुपोषित बालबालिकालाई घरमा राख्नु हुँदैन । बालबालिका कुपोषित भएको खण्डमा पोषण पुनर्स्थापना गृहमा भर्ना गर्न आग्रह गर्दछौँ ।’

कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) जिल्लाका सिग्र कुपोषण बालबालिका ७ दशमलव ५ प्रतिशत, कमतौल भएका ३५ दशमलव ६ प्रतिशत र ५४ दशमल ५ प्रतिशत होचा(पुड्का) बालबालिकाको तथ्यांक रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ