२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यान र कालिकोटका एक-एक संक्रमितको मृत्यु

सल्यान र कालिकोटका एक-एक संक्रमितको मृत्यु


जुम्ला – सल्यानमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको हो ।

केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएका उनी होम आइशोलेसनमा बसेका थिए । स्वास्थ्य सेवा कार्यालय सल्यानको कोरोना फोकल पर्सन रिखाराम पुनले भने गएराति स्वास प्रस्वासमा समस्या भएपछि राती करिब सवा ८ बजे अस्पतालमा ल्याएका थियो । हामीले अक्सीजन दिंदादिंदै उनको मृत्यु भयो ।

उनीसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका निवासी दुइ जना पुरुषको ज्यान गएको अस्पतालले जनायो ।

कालिकोटका एक कोरोना संक्रमितको सुर्खेतमा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत उनको विहिबार बिहान अस्पतालमै मृत्यु भएको हो ।

मृतकको स्थायी ठेगना कालिकोटको नरहरीनाथ गाउँपालिका हो । मृतक ७३ वर्षीय पुरूष हुन् । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।

उनका अनुसार ती पुरूषको बैशाख ११ गते प्रदेश अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्युहुनेको संख्या ३९ पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ