२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना रोकथाम तथा नियन्त्रणमा जुट्यो पातारासी गाउँपालिका

कोरोना रोकथाम तथा नियन्त्रणमा जुट्यो पातारासी गाउँपालिका


जुम्ला – जुम्लाको पातारासी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको छ । गाउँपालिका स्तरीय विपद् ब्यबस्थापन समितिको बैठक बसेर कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको हो ।

पातारासी गाउँपालिका ७ वडामा विभाजित छ । प्रत्येक वडा कार्यालयले भारत लगायत बिदेश तथा जिल्ला बाहिर रहेका आफ्ना नागरिकहरुको विवरण अध्याबधिक गरी संक्रमित पहिचान गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

गाउँपालिकाको प्रबेशद्वार उर्थु चौतारामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य जाँच तथा बाहिर जिल्लाबाट आउने ब्यक्तिहरुको दैनिक विवरण गर्ने पनि निर्णय भएको छ ।

उनले भने, ‘प्रत्येक गाउँबस्तीहरुमा जिल्ला बाहिर र बिदेशबाट आउने नागरिकलाई होम आइसोलेसनमा राखिने छ । यसका साथै कोरोना सम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।’

अस्थायी कोभिड अस्पताल व्यवस्थित बनाउने पनि तयारी गरिएको अध्यक्ष लक्षिमन बोहराले बताए । वैशाख १६ देखि अर्को निर्णय नहुन्जेलसम्मका लागि पालिकाका सम्पुर्ण सस्थागत र निजि विद्यालयहरु बन्द गरेका छौँ । उनले भने केन्द्र, प्रदेश एबम जिल्ला बिपद् ब्यबस्थापन समितिको निर्णय प्रभावकारी कार्यान्वयन गर्ने छौँ ।

यथाशीघ्र बिपद प्रतिकार्य योजना तयार गरि कार्यान्वयन गर्ने , भौतिक दुरी र स्वास्थ्य साबधानी कायम गरि वडा कार्यालय तथा पालिकाको दैनिक कार्य नियमित रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ