२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोटको अक्सिजन प्लान्ट बन्द कोठामा मै थन्कियो

जाजरकोटको अक्सिजन प्लान्ट बन्द कोठामा मै थन्कियो


जुम्ला – कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयमा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ ।

जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए । ड्रागन मेडिटेक प्रा.लि सुर्खेतले २९ लाखमा उक्त प्लान्ट खरिदको गरेको थियो ।

बायोमेडिक इन्जिनीयर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रा.लिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए । शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरुसँग बायोमेडिक इन्जिनीयर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ।

हाल कार्यालयमा थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत अक्सिजन दिन सकिने डा. मेलिना हमालले जानकारी दिइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)