२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका तीन स्थानीय तह सील

जुम्लाका तीन स्थानीय तह सील


जुम्ला – जुम्लाको कनकासुन्दरी, गुठीचौर र तातोपानी गाउँपालिका सील गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी नै संक्रमति भएपछि यहाँका तीन स्थानीय तह सील गरिएको हो ।

वैशाख  ३० गतेदेखि जेठ ४ गतेसम्म कनकासुन्दरी गाउँपालिका सील गरिएको छ । २९ बैशाखदेखि गुठीचौर गाउँपालिका एक साता सील गरिएको हो । त्यसैगरी, २८ बैशाखदेखि तातोपानी गाउँपालिका एक साताका लागि सील गरिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए ।

कनकासुन्दरी गाउँपालिकामा २९ जना कोरोना संक्रमति छन् । संक्रमित मध्ये १५ जनालाई हाँडसिंजा स्वास्थ्य चौकीको आइसोलनमा राखिएको स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र उपाध्यायले बताए । ‘यहाँ पाँच बेडको अस्थायी कोभिड अस्पताल पनि छ । तर अक्सिजन नभएका कारण समस्या भइरहेको छ । अर्काे स्वास्थ्य सुरक्षा सामग्री पीपीईको अभाव छ ।’, उनले भने, ‘ दैनिक ४-५ वटा प्रयोग हुन्छन् ।
स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायले भने आइसोलेनमा १५ जना कोभिड बिरामी भर्ना छन् । उनीहरु मध्ये २÷३ जनाको स्वास्थ्य अवस्था सहज छ । उपाचार देखि खानपिनमा पनि २४ सै घण्टा खटिनु पर्ने अवस्था भएकोले हामी आफैपनि अस्वस्थ  हुँदै गएका छौँ ।’

जुम्लामा कोरोना संक्रमतिको १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ वैशाखदेखि तथ्यांकअनुसार जुम्लामा १ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ सय ९ जनामा पिसिआर परीक्षण गर्दा १ सय ११ जना र यहाँका ८ वटै स्थानीय तहमा ८ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ८८ जनामा गरी १ सय ९९ जना व्यक्ति संक्रमित भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

संक्रमितमध्ये २६ जना कोभिड बिरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा. राजीव शाहले बताए । उनका अनुसार १७ जना निको भइसकेका छन् ।

बाँकी १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा छन् । चन्दननाथमा नगरपालिकामा ५२ जना, पातारासीमा ३१ जना, गुठीचौरमा २४ जना, तातोपानीमा ४ जना, तिलामा १० जना, हिमा २ जना सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा २९ जना र अन्य ३० जना गरी जम्मा १ सय ९९ जना संक्रमित भएका हुन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ