२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना संक्रमित बोक्ने हेलिकोप्टर खोज्दै हुम्लाबासी

कोरोना संक्रमित बोक्ने हेलिकोप्टर खोज्दै हुम्लाबासी


जुम्ला – कोरोना संक्रमित सर्केगाड गाउँपालिका स्वास्थ्य संयोजक सन्तोष धामीलाई श्वासप्रश्वासमा समस्या भएपछि सुविधायूक्त अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लैजान हुम्लाबासी हेलिकोप्टरको व्यवस्थापन गर्न जुटेका छन् ।

बिहिबार बेलुकादेखि जिल्ला अस्पतालमा राखिएको संयोजक धामीको स्वाश–प्रश्वाश ५० मा झरेपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा लैजान हेलिकोप्टर व्यवस्थापन जुटेपनि हुम्ला हेलिकोप्टर आइनपुगेको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

‘धामीको श्वाश–प्रश्वाशको अवस्था निकै संकटग्रस्थ छ’ धामीले भने, ‘जिल्ला अस्पतालको व्यवस्थाले सम्भव नहुने भएपछि हेलिकोप्टरमा जुम्ला पठाउने तयारी थालिएको हो ।’

हेलिकोप्टर बोलाउन सबै पत्राचार गरेको उल्लेख गरेका सिंहका अनुसार धामीलाई रानीवन आइसोलेसनबाट बिहिबार जिल्ला अस्पतालमा ल्याइएको हो ।

कर्णाली प्रदेशका अन्य अस्पताल भन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र अक्सिजनको हिसाबले पनि सम्पन्न भएकाले धामीलाई जुम्ला पठाउने तयारी भैरहेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

सर्केगाड गाउँपालिकाका लागि एन्टिजेन किट र अन्य स्वास्थ्य सामग्री लिन सिमकोट आएका धामीलाई मंगलबार गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ