२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला र कालिकोटको सिमा क्षेत्रमा हेल्थडेक्स, एन्टिजन परीक्षण गरे मात्रै प्रवेश पाइने

जुम्ला र कालिकोटको सिमा क्षेत्रमा हेल्थडेक्स, एन्टिजन परीक्षण गरे मात्रै प्रवेश पाइने


जुम्ला – जुम्लामा कोरोना संक्रमण बढेपछि आवत जावतमा कडाइ गरिएको छ । गत २२ वैशाखदेखि निषेधाज्ञा भएको जुम्लामा पछिल्लो समय जेठ ११ गतेसम्मका लागि गरिएको बन्द निकै कडा पारिएको हो ।

जिल्ला बाहिरबाट आउनेका लागि अनिवार्य एन्टिजन परीक्षण गरेर मात्रै जिल्ला प्रवेश गर्ने गरी जुम्ला र कालिकोट जिल्लाको सिमा क्षेत्रमा हेल्थडेक्स स्थापना गरिएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापेकोटाका अनुसार कर्णाली राजमार्ग अन्तरर्गत कालिकोट र जुम्लाको सिमा क्षेत्र नाग्ममा हेल्थ डेक्स स्थापना गरेर एन्टिजन परीक्षण गर्ने कार्य सुचारु गरिएको छ ।

”कोभिड-१९ संकट व्यवस्थापन समितिको टोली नै नाग्म पुगेर हेल्थ डेस्क स्थापना गरेको हो ।,’प्रमुख सापकोटाले, ‘अब हरेक जुम्ला भित्रिने नागरिकको तथ्यांक राखिने छ । ज्वरो जाँच गरिने छ । शंकास्पद व्यक्ति भेटिएको खण्डमा एन्टीजोन जाँच गरेर स्वास्थ्य परीक्षण समेत गर्ने व्यवस्था छ ।’

यसैगरी कोरोना पोजेटिभ देखिएको खण्डमा स्थानीय तहको समन्वयमा आइसोलेसनमा पठाइने र नेगेटिभ देखिएको खण्डमा घर पठाइने छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार ‘अब नियमित दुई जना स्वास्थ्यकर्मी खटिने छन् ।

पछिल्लो समयमा सुर्खेत, नेपालगंज हुदै जुम्ला आउने क्रम बढ्दो छ । हेल्थ डेस्क नहुँदा सिँधै घर जाने गरेका थिए । यसले कोरोना संक्रमणको उच्च जोखिम हुने खतरा बढेको छ ।

निषेधाज्ञाको अनुगमन गर्दै हेल्थ स्थापना गर्न जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नेपाली सेना श्री २४ नम्बर बाहिनीअड्डाका बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा, गणपति दिवाकर रायमाझी, डिएसपी दानबहादुर थापा सहितको टोली जुम्ला र कालिकोटको सिमानमा नाग्म बजार पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जुम्लामा कडा निषेधाज्ञा छ । अब सिमानामा पनि कडाई गर्न जरुरी छ । सिमानाको उच्च निगरानीको लागि हेल्थ डेस्कले महत्वपुर्ण काम बताए । स्वदेश तथा विदेशबाट फर्किएका जुम्ला बासीको एकिन तथ्यांक संकलन गरेर निगरानी गर्न सहज हुने छ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ