२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा संक्रमितको संख्या २६४ पुग्यो

जुम्लामा संक्रमितको संख्या २६४ पुग्यो


जुम्ला –  जुम्लामा कोरोना कोरोना संक्रमितको संख्या २६४ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा १६० जना र जनस्वास्थ्य कार्यालय जुम्लाले एन्टीजेट परीक्षण गर्दा १०४ जना गरी २६४ जनालाई कोरोना पुष्ट भएको हो । संक्रमित मध्ये ७७ जनालाई निको भएको छ ।

प्रतिष्ठानले ४७९ जनाको पिसिआर परीक्षण गरेका हो । त्यसैगरी, जनस्वास्थ्य कार्यालय जुम्लाले ९१८ जनाको एन्टीजेट परीक्षण गरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए ।

चन्दननाथ ९१, हिमा २, पातारासी ३६, गुठीचौर २६, तिला १३, कनकासुन्दरी ३४, तातोपानी १०, सिजा ८ जना र अन्य ४४ जना संक्रमति रहेका छन् । कनकासुन्दरी गाउँपालिका १९ जना संक्रमित मात्रै संस्थागत आइसोलेसनमा बसेका छन् भने अरु होम आइसोलेनमै रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा २५ जना रहेको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । भेन्टिलेटरमा ४ जना र आईसीयूमा २ जना रहेको उनले जनाए ।

 


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ