२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटमा उपचार नपाएर १९ वर्षीया सुत्केरीको मृत्यु

कालिकोटमा उपचार नपाएर १९ वर्षीया सुत्केरीको मृत्यु


जुम्ला–कालिकोटकी १९ वर्षीया सुत्केरी किशोरीको मृत्यु भएको छ । रास्कोट नगरपालिका – ६ की १९ वर्षीया निशा फर्सालको अत्याधिक रत्तश्रापको कारणले समयमै उपचार नपाएर मंगलबार बिहान मृत्यु भएको हो ।

उनलाई सुत्केरी व्यथा लागेपछि सोही नगरपालिकामा रहेको स्युना अस्पतालमा लगिएको थियो । तर, त्यहाँ दक्ष जनशक्तिको अभाव हुँदा तत्कालै सोही नगरपालिकामा रहेको रास्कोट सामुदायिक अस्पतालमा रेफर गरियो । त्यहाँ भिडियो एक्सरे गरेपछि उनको अवस्था सामान्य रहेको भन्दै सामुदायिक अस्पतालका चिकित्सकले घर जान सल्लाह दिए ।

तर, घरमा पुगेपछि सुत्केरी व्यथाले थप च्यापेपछि निशालाई पुनः स्यूना स्वास्थ्य चौकी लगियो । स्यूना स्वास्थ्य चौकीमा बच्चा जन्मिसकेपछि अत्याधिक रक्तस्राव भएको स्वास्थ्य चौकीका अहेव ध्रुब फडेराले बताए । उनकाअनुसार बच्चा जन्माइसकेपछि केही समयपछि अत्याधिक रगत भएपछि उनको मृत्यु भएको हो ।

तर रक्रश्रापले थला परेकी सुत्केरी किशोरीलाई बचाउन राष्टपति सुत्केरी उद्धार कार्यक्रमले सहयोग नगरेको आफन्तको गुनासो छ । व्यथाले बिछिप्त भएकी किशोरीको चिच्यावट नत स्वास्थ्यकर्मीले बुझे नत राष्टपति गर्भवति तथा सुत्केरी उद्धार कार्यक्रमले सुनेको आफन्तले गुनासो गरेका छन् । दुर्गममा दक्ष स्वास्थ्यकर्मी नभएकै कारण समयमै उपचार तथा उद्धार हुन नसकेर कालिकोटका धेरै महिलो अकालमा ज्यान गुमाउनु परेको छ ।

डाक्टरहरुले सक्दो प्रयास गरेपनि उनलाई बचाउन सफल भएनन् ।

आमाको मृत्युपछि बच्चाको अवस्था भने सामान्य रहेको अहेब फडेराले बताए । मंगलबार विहान ५ बजे स्युना स्वास्थ्य चौकीमा नै उनको मृत्यु भएको हो । तर, रक्तस्रावले थला परेकी सुत्केरी किशोरीलाई बचाउन राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रमले सहयोग नगरेको आफन्तको गुनासो छ । दक्ष स्वास्थ्यकर्मी नभएकै कारण समयमै उपचार तथा उद्धार हुन नसकेर कालिकोटका धेरै महिला अकालमा ज्यान गुमाउनु परेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ