२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा संक्रमितको संख्या २७९ पुग्यो

जुम्लामा संक्रमितको संख्या २७९ पुग्यो


जुम्ला – जुम्लामा कोरोना कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा १६३ जना र जनस्वास्थ्य कार्यालय जुम्लाले एन्टीजेट परीक्षण गर्दा ११६ जना गरी २७९ जनालाई कोरोना पुष्ट भएको हो ।

संक्रमित मध्ये ७८ जनालाई निको भएको छ । प्रतिष्ठानले ४७९ जनाको पिसिआर परीक्षण गरेका हो ।

त्यसैगरी, जनस्वास्थ्य कार्यालय जुम्लाले ९७१ जनाको एन्टीजेट परीक्षण गरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए । चन्दननाथ ९१, हिमा ३, पातारासी ३६, गुठीचौर ३८, तिला १३, कनकासुन्दरी ३४, तातोपानी १०, सिजा ८ जना र अन्य ४४ जना संक्रमति रहेका छन् । कनकासुन्दरी गाउँपालिका १९ जना संक्रमित मात्रै संस्थागत आइसोलेसनमा बसेका छन् भने अरु होम आइसोलेनमै रहेका छन् ।
चन्दननाथ र तिलामा आइसोलेसन छैनन्

जनस्वास्थ्य कार्यालय जुम्लाको प्रतिबेदन अनुसार हिमा २०, पातारासी ३०, गुठीचौर ५, कनकासुन्दरी ५०, तातोपानी २०, सिजा ३० बेड गरी १५५ वेड आइसोलेसन भएपनि संक्रमित राखिएका छैनन् ।

चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा आइसोलेसन कक्ष बनाएका छैनन् । त्यसैगरी चन्दननाथ बाहेक अन्य सात स्थानीय तहमा ५-५ बेडका अस्थायी कोभिड अस्पताल पनि बनाएका छन् । गुठीचौर ५, तिला ३ र कनकासुन्दरी १ वटा सिलिण्डरको पनि व्यवस्थापन गरेका छन् ।तिला गाउँपालिकाको अस्थायी कोभिड अस्पतालमा कोभिड चिकित्सक १ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जना ९ जना कोभिड चिकित्सक परिचालन भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा २५ जना रहेको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । भेन्टिलेटरमा २ जना र आईसीयूमा ४ जना रहेको उनले जनाए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ